आज २०८२ साल वैशाख १५ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल वैशाख १५ गते सोमबारको राशिफल


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख १५ गते सोमबार। वैशाख शुक्ल पक्षको प्रतिपदा थिति। तदनुसार सन् २०२५ अप्रिल २८ तारिख। राष्ट्रिय चिया दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। जिम्मेवारी पूरा गर्न कठिन हुनेछ। आफ्नो हैसियत भन्दा ठुलो जिम्मेवारी प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन सामान्य राम्रो छ। शेयरमा फाइदा हुनेछ। आजको लगानीले उन्नति हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। शिक्षामा सफलता हात लाग्नेछ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

मिथुन : आजका लागि तपाईंको दिन राम्रो छ। अग्रजबाट आर्शिवाद लिएर अगाडि बढ्ने योग छ। आम्दानी राम्रो हुनेछ। लगानीको क्षेत्रमा हिम्मत गर्दा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रतिस्पर्धी कमजोर भएकाले काममा कुनै अवरोध हुनेछैन।

कर्कट : दिन राम्रो छ। मान बढ्नेछ। आफूले आफूलाई चिनेर अगाडि बढ्नु उपयुक्त हुन्छ। लगानी गर्दा परिवारका सदस्यलाई अगाडि बढाउनु राम्रो हुन्छ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। शिक्षामा लगानी नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। अपेक्षा गरे अनुसारको सहयोग प्राप्त नहुने देखिन्छ। योजना सम्पन्न नभएसम्म सार्वजनिक नगर्नु राम्रो हुन्छ। परिवारलाई बुझाउन नसक्दा वादविवाद हुने जोखिम छ। लगानीका क्षेत्रबाट लाभ हुनेछ।

कन्या : दिन सामान्य छ। आफ्नो फाइदाका लागि अगाडि बढ्नुपर्ने छ। नाफा कमाउने योग छ। परिवारको साथ मिल्नेछ। शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ। सामाजिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।

तुला : दिन राम्रो छ। गुरुसँगको भेटले दिन फलदायी बन्नेछ। रोकिएको काम बन्नेछ। स्वास्थ्यमा लाभ र शिक्षामा सफलता मिल्नेछ। परोपकारमा मन जानेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा समस्या हुने देखिन्छ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारको प्रेमले मनमा उत्साह बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ।

धनु : दिन निकै राम्रो छ। बौद्धिक क्षेत्रमा अवसर प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले उत्साह बढ्नेछ। आफ्नै लापरवाहीले पुरानो रोग बल्झिने खतरा देखिन्छ। परिवारको विवाद समाधान गर्ने क्षमताको विकास हुनेछ।

मकर : शिक्षामा राम्रो छ। सञ्चित धन खर्च हुने योग छ। लगानीको क्षेत्र छनोट गर्न सकेमा अवसर धेरै छन्। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको सुझाव लिएर गरेको काम सफल बन्नेछ।

कुम्भ : सामान्य राम्रो छ। छिटो बोलीले समस्या आइपर्न सक्छ। सोचेर बोल्नु राम्रो हुन्छ। ठुलो लगानी नगर्नु राम्रो होला। शत्रु बढ्नेछन्। परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ। बोल्दा कसैको मन नदुखाउनु राम्रो हुन्छ। आफ्ना नजिकका व्यक्तिबाट बचेर काम गर्नु राम्रो हुन्छ। सबैलाई समान व्यवहार गरेर मन जित्न सकिन्छ। परिवारको साथ मिल्नेछ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ५ : ०४ बजे

‘बालेनले पार्टी खोल्नु हुन्‍न, मेयरमा पनि दोहोरिनु हुन्‍न’

काठमाडौं– जेन-जी आन्दोलनमा पर्दा पछाडि बसेर भूमिका खेलेका भनिएका काठमाडौं

काठमाडौं जिल्ला प्रशासनमा राहदानी सेवा सुरु (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबारदेखि राहदानी आवेदन सम्बन्धी सेवा

बङ्गलादेशको एक कपडा कारखानामा आगलागी, १६ जनाको मृत्यु

एजेन्सी– बङ्गलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक

जाजरकोटमा दुई हप्तादेखि अवरुद्ध टेलिफोन सेवा सञ्चालन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलपछि जाजरकोटको

प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत