सांसद योगेश एसियाली फोरम अफ पार्लियामेन्टेरियन्सको युवा समिति अध्यक्षमा निर्वाचित « Khabarhub

सांसद योगेश एसियाली फोरम अफ पार्लियामेन्टेरियन्सको युवा समिति अध्यक्षमा निर्वाचित


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

पोखरा – प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली एसियाली फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एफपिपिडी) को युवा समिति अध्यक्षमा निर्वाचित भएका छन्। मलेसियाको क्वालालम्पुरमा आइतबार र सोमबार भएको एफपिपिडी १५औँ महासभाबाट उनी युवा समिति अध्यक्षमा निर्वाचित भएका हुन् ।

एफपिपिडी एसिया–प्रशान्त तथा मध्य एसियाका ३० राष्ट्रिय समितिको प्रतिनिधित्व गर्ने क्षेत्रीय सञ्जाल हो । यसले महिला, बालबालिका, युवा तथा वृद्धवृद्धा जस्ता संवेदनशील समुदायका लागि नीति संवाद र सहकार्यलाई प्रवर्द्धन गर्ने काम गर्दै आएको छ।

थकालीको अध्यक्षतामा निर्वाचनले जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नेतृत्व क्षमता बढ्दो रहेको संकेत गरेको छ। युवाको सशक्तीकरणका लागि सक्रिय रहँदै आएका थकाली पछिल्लो समय जलवायु संकटको सवालमा समेत दृढतापूर्वक आवाज उठाइरहेका छन्। उनले दिगो र समावेशी नीतिहरूको आवश्यकता औंल्याउँदै युवा पुस्ताको भविष्य सुरक्षित बनाउन जोड दिँदै आएका छन्।

निर्वाचनपछि सम्बोधन गर्दै थकालीले युवा आवाजलाई अगाडि बढाउने, समावेशी नीति प्रवर्द्धन गर्ने, क्षेत्रीय सहकार्य मजबुत बनाउने र जलवायु परिवर्तनमा प्रभावकारी कदम चाल्न प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरे। उनको नेतृत्वले एसिया–प्रशान्त क्षेत्रमा युवाहरूलाई दिगो र समृद्ध भविष्य निर्माणमा सक्रिय सहभागी बनाउन थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।

नेपाली कांग्रेसका तर्फबाट गएको प्रतिनिधि सभा निर्वाचनमा उनी मुस्ताङबाट विजयी भएका हुन् । हाल ३२ वर्षीय योगेश गौचन ३ हजार ९ सय ९२ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका थिए । छन्।

मुस्ताङको थासाङ गाउँपालिका कालोपानीका योगेश कांग्रेस मुस्ताङ सभापति एवं पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। योगेशले एलाइन्स पुनमर सिटी बैंलोर भारतबाट बिजनेश म्यानेजमेन्ट विषयमा स्नातकसम्म अध्ययन गरेका छन्।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ५ : ३४ बजे

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र