दिल्लीलाई हराउँदै आरसिबी शीर्ष स्थानमा: पाण्डेको अलराउण्ड प्रदर्शन, विराटको अर्धशतक « Khabarhub

दिल्लीलाई हराउँदै आरसिबी शीर्ष स्थानमा: पाण्डेको अलराउण्ड प्रदर्शन, विराटको अर्धशतक


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रुनाल पाण्डेको अलराउण्ड प्रदर्शनको सहयोगमा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी)ले दिल्ली क्यापिटललाई हराउँदै यस सिजनको आइपिएलमा प्ले अफ सम्भावना बलियो बनाएको छ। यो जितसँगै आरसिबी आईपीएल तालिकाको शीर्ष स्थानमा पुगेको छ। १० मा सात खेल जितेको आरसिबीको १४ अंक छ।

आइतबार भएको खेलमा बंग्लोरुले दिल्लीलाई ६ विकेटले हराएको हो। १६३ रनको लक्ष्य पछ्याएको बंग्लोरुले ९ बल बाँकी रहँदा चार विकेटको क्षतिमा १६५ रनको योगफल खडा गरेको हो।

२६ रनमा तेस्रो विकेट गुमाएपछि ब्याटिङ गर्न आएका पाण्डेले अविजित रहँदै ४७ बलमा ७३ रन जोडेका थिए। उनले विराट कोहलीसँग मिलेर चौथो विकेटका लागि ११९ रनको साझेदारी गरे। कोहलीले ४७ बलमा ५१ रन जोडे। टिम डेभिडले अविजित रहँदै ५ बलमा १९ रन जोडे। दिल्लीका कप्तान अक्षर पटेलले ४ ओभरमा १९ रन खर्चेर दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली दिल्लीले आठ विकेटको क्षतिमा १६२ रन जोडेको थियो। दिल्लीका लागि के एल राहुलले सर्वाधिक ४१ रन जोडे। धिमा गतिमा खेलेका उनले ३९ बलको सामना गरेका थिए। ट्रिस्टयन स्टब्सले १८ बलमा ३४ रन जोडे।

आरसिबीका भुवनेश्वर कुमारले चार ओभरमा ३३ रन खर्चेर तीन तथा जोस हजेलउडले चार ओभरमा ३६ रन खर्चेर दुई विकेट लिए। पाण्डेले चार ओभरमा २८ रन खर्चेर एक विकेट लिए। किफायती बलिङ गरेका सुयास शर्माले चार ओभरमा २२ रन मात्र खर्चिए।

१० खेलमा १४ अङ्क सहित आरसिबी शीर्ष स्थानमा उक्लिएको हो। ९ खेलमा १२ अंक बनाएको दिल्ली तालिकाको चौथो स्थानमा छ। गुजरात र मुम्बईको समान १२ अंक भए पनि रनरेटका आधारमा अगाडि छन्।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ५ : ४९ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम