दिल्लीलाई हराउँदै आरसिबी शीर्ष स्थानमा: पाण्डेको अलराउण्ड प्रदर्शन, विराटको अर्धशतक | Khabarhub Khabarhub

दिल्लीलाई हराउँदै आरसिबी शीर्ष स्थानमा: पाण्डेको अलराउण्ड प्रदर्शन, विराटको अर्धशतक


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रुनाल पाण्डेको अलराउण्ड प्रदर्शनको सहयोगमा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी)ले दिल्ली क्यापिटललाई हराउँदै यस सिजनको आइपिएलमा प्ले अफ सम्भावना बलियो बनाएको छ। यो जितसँगै आरसिबी आईपीएल तालिकाको शीर्ष स्थानमा पुगेको छ। १० मा सात खेल जितेको आरसिबीको १४ अंक छ।

आइतबार भएको खेलमा बंग्लोरुले दिल्लीलाई ६ विकेटले हराएको हो। १६३ रनको लक्ष्य पछ्याएको बंग्लोरुले ९ बल बाँकी रहँदा चार विकेटको क्षतिमा १६५ रनको योगफल खडा गरेको हो।

२६ रनमा तेस्रो विकेट गुमाएपछि ब्याटिङ गर्न आएका पाण्डेले अविजित रहँदै ४७ बलमा ७३ रन जोडेका थिए। उनले विराट कोहलीसँग मिलेर चौथो विकेटका लागि ११९ रनको साझेदारी गरे। कोहलीले ४७ बलमा ५१ रन जोडे। टिम डेभिडले अविजित रहँदै ५ बलमा १९ रन जोडे। दिल्लीका कप्तान अक्षर पटेलले ४ ओभरमा १९ रन खर्चेर दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली दिल्लीले आठ विकेटको क्षतिमा १६२ रन जोडेको थियो। दिल्लीका लागि के एल राहुलले सर्वाधिक ४१ रन जोडे। धिमा गतिमा खेलेका उनले ३९ बलको सामना गरेका थिए। ट्रिस्टयन स्टब्सले १८ बलमा ३४ रन जोडे।

आरसिबीका भुवनेश्वर कुमारले चार ओभरमा ३३ रन खर्चेर तीन तथा जोस हजेलउडले चार ओभरमा ३६ रन खर्चेर दुई विकेट लिए। पाण्डेले चार ओभरमा २८ रन खर्चेर एक विकेट लिए। किफायती बलिङ गरेका सुयास शर्माले चार ओभरमा २२ रन मात्र खर्चिए।

१० खेलमा १४ अङ्क सहित आरसिबी शीर्ष स्थानमा उक्लिएको हो। ९ खेलमा १२ अंक बनाएको दिल्ली तालिकाको चौथो स्थानमा छ। गुजरात र मुम्बईको समान १२ अंक भए पनि रनरेटका आधारमा अगाडि छन्।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ५ : ४९ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ