भान कोभर दुर्घटनामा मर्नेको उमेर पाँचदेखि ६५ वर्षसम्म « Khabarhub

भान कोभर दुर्घटनामा मर्नेको उमेर पाँचदेखि ६५ वर्षसम्म


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

क्यानडा – क्यानडाको भान कोभरमा रहेका फिलिपिनोहरुले पर्व मनाइरहेको समयमा भीडमा कार प्रवेश गराइएपछि मर्नेको सङ्ख्या ११ पुगेको छ।

यसरी मारिनेमध्ये पाँच वर्षदेखि ६५ वर्ष बीचको भएको प्रहरीले जनाएको छ। घटनामा शङ्कास्पद ३० वर्षीय युवाको मानसिक अवस्था ठिक नभएको जनाइएको छ। अधिकारीले फिलिपिनोलाई लक्षित गर्दै सो घटना नभएको बताएको छ। साथै यो आतङ्कवादी समूहबाट नभई मानसिक सन्तुलन बिग्रेका कारण भएको जनाइएको छ।

अहिले गिरफ्तार भएका ती युवा विगतमा पनि मानसिक सन्तुलनका कारण समस्यामा परेको जनाइएको छ।

त्यहाँका मेयर केन सेमले शनिबारको दिन अघिको सो घटनालाई कालो दिनको रूपमा व्याख्या गरेका छन्। उनले फिलिपिनो समुदायलाई सम्बोधन गर्दै क्यानडाले सधैँ आफ्नै ठानेको बताएका छन्। आर्थिक स्तर कमजोर रहेको फिलिपिन्सका लाखौँ मानिस काममा लागि क्यानडा पुग्ने गरेका छन्।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : ३९ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन