भान कोभर दुर्घटनामा मर्नेको उमेर पाँचदेखि ६५ वर्षसम्म « Khabarhub

भान कोभर दुर्घटनामा मर्नेको उमेर पाँचदेखि ६५ वर्षसम्म


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

क्यानडा – क्यानडाको भान कोभरमा रहेका फिलिपिनोहरुले पर्व मनाइरहेको समयमा भीडमा कार प्रवेश गराइएपछि मर्नेको सङ्ख्या ११ पुगेको छ।

यसरी मारिनेमध्ये पाँच वर्षदेखि ६५ वर्ष बीचको भएको प्रहरीले जनाएको छ। घटनामा शङ्कास्पद ३० वर्षीय युवाको मानसिक अवस्था ठिक नभएको जनाइएको छ। अधिकारीले फिलिपिनोलाई लक्षित गर्दै सो घटना नभएको बताएको छ। साथै यो आतङ्कवादी समूहबाट नभई मानसिक सन्तुलन बिग्रेका कारण भएको जनाइएको छ।

अहिले गिरफ्तार भएका ती युवा विगतमा पनि मानसिक सन्तुलनका कारण समस्यामा परेको जनाइएको छ।

त्यहाँका मेयर केन सेमले शनिबारको दिन अघिको सो घटनालाई कालो दिनको रूपमा व्याख्या गरेका छन्। उनले फिलिपिनो समुदायलाई सम्बोधन गर्दै क्यानडाले सधैँ आफ्नै ठानेको बताएका छन्। आर्थिक स्तर कमजोर रहेको फिलिपिन्सका लाखौँ मानिस काममा लागि क्यानडा पुग्ने गरेका छन्।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : ३९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली