शिक्षक अन्तिम लडाइँमा छौँ : अध्यक्ष सुवेदी « Khabarhub

शिक्षक अन्तिम लडाइँमा छौँ : अध्यक्ष सुवेदी


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक अन्तिम लडाइँमा पुगेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘हामी अन्तिम लडाइँमा छौँ। यसमा सबैको सक्रिय सहभागिता अनिवार्य छ।’

उनले गाउँगाउँबाट शिक्षकलाई काठमाडौं छिटो आउनसमेत अनुरोध गरेका छन्। ‘काठमाडौं आउन बाँकी रहनु भएका साथीहरु, आन्दोलनको मोर्चामा आफ्ना साथीको रगत बगीसक्दा पनि अझै तपाईंहरु घरमै बसिरहन कसरी सक्नु भएको छ ? के आन्दोलनकारी साथीको पीडाले तपाईंलाई घोच्दैन ? आफ्नो कर्तव्य बोध हुँदैन ? यो कुरा मनन गर्नुहोला र छिटोभन्दा छिटो काठमाडौं आउनुहोला,’ उनले भनेका छन्।

आइतबारको प्रदर्शनमा सरकारले हस्तक्षेप गरेकोप्रति आपत्ति जनाउँदै अध्यक्ष सुवेदीले सरकारको हस्तक्षेपबाट घाइते भएका सबै शिक्षकको स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

‘वैशाख १४ गते भएको प्रदर्शनमा सरकारबाट शिक्षक–कर्मचारी माथि भएको अमानवीय आक्रमण र ज्यादतीको घोर भर्सत्ना गर्दछौं। त्यस आक्रमणमा परी घाइते हुनु भएका सबै साथीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, अध्यक्ष सुवेदीले भने, ‘हाम्रो आन्दोलन जारी छ। हिजो जस्तै ठिक ११ बजे माइतीघर मण्डलामा आउनुहुन सबै साथीमा अनुरोध छ।’

शिक्षक आन्दोलन २६ दिनदेखि लगातार जारी छ। शिक्षा ऐन जारी हुनुपर्नेमागसहित सुरु भएको आन्दोलनको भीडले आइतबार निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहोरासहित बल प्रयोग गर्दा केही शिक्षक, प्रहरी र पत्रकार घाइते भएका छन्।

यो पनि पढ्नुहोस्
प्रहरीसँगको झडपमा ५० बढी शिक्षक घाइते, पत्रकार कार्कीको आँखामा चोट

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ९ : १३ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट