बसको ठक्करबाट एकको मृत्यु « Khabarhub

 बसको ठक्करबाट एकको मृत्यु


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ८ स्थित सडकमा यात्रुवाहकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रुवाहक बसको ठक्करबाट पैदलयात्री पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैया निवासी ३६ वर्षीय परबेज अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

बसको ठक्करबाट गम्भीर घाइते अन्सारीको हेटौँडा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । 

मृतक अन्सारी ना५ख ८६६८ नं को ट्रकको धनी रहेको खुलेको छ । सोही एरियामा बिग्रिएको ट्रक मर्मतका लागि मिस्त्री बोलाई ट्रक मर्मत गरी मिस्त्री र सामान पुर्‍याउन पैदल जाने क्रममा बसको ठक्करबाट अन्सारीको मृत्यु भएको  उपरीक्षक अन्सारीको भनाइ छ ।

ठक्कर दिने बस र चालक उदयपुरको कटारी नगरपालिका– २ निवासी ३९ वर्षीय युवराज माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ११ : ३५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा