आवासीय चिकित्सकलाई सरकारीसरह भत्ता दिन निजी मेडिकल कलेज सञ्चालक तयार  « Khabarhub

आवासीय चिकित्सकलाई सरकारीसरह भत्ता दिन निजी मेडिकल कलेज सञ्चालक तयार 


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूलाई सरकारीसरह निर्वाह भत्ता दिन निजी मेडिकल कलेज सञ्चालकहरू तयार भएका छन् । 

आयोगको १९औँ बैठक बस्नुअघि कलेज सञ्चालकहरूले निर्वाह भत्ता बढाउन तयार रहेको जनाएका हुन् । आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजहरूले पनि सरकारीसरह आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैयाँ दिने निर्णय गरेको थियो।  तर सो निर्णयको मेडिकल कलेजहरूले विरोध गरेका थिए ।

निजी मेडिकल कलेजहरूको संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले आफूहरू सरकारीसरह निर्वाह भत्ता दिन तयार रहेको जानकारी दिए ।

उनले भने, ‘हामी आवासीय चिकित्सकलाई सरकारले तोकेको ४८ हजार ७३७ रुपैयाँ दिन तयार छौँ, अब आयोगको १९औँ बैठक बस्दै छ। बैठकमा तोकिएबमोजिमको निर्वाह भत्ता दिन तयार भएको सूचना जानकारी गराउँछौँ ।’

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १ : ०० बजे

राष्ट्रपति पुटिनको चीन भ्रमण कार्यक्रम सार्वजनिक

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको  चीनको दुई दिने भ्रमणको  कार्यक्रम

जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व संकलन

राँझा– बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न सङ्घलाई आग्रह

काठमाडौं– पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न

लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

काठमाडौं– हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा

तेलको मूल्य बढ्दा विश्व शेयर बजारमा गिरावट

एजेन्सी- तेलको मूल्य लगातार बढ्न थालेपछि विश्वभरका शेयर बजारमा शुक्रबार उल्लेख्य