अमरेशको आरोप- गगन थापाको बेडरुमसम्मै पुग्छन् बिचौलिया « Khabarhub

अमरेशको आरोप- गगन थापाको बेडरुमसम्मै पुग्छन् बिचौलिया


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधि सभाको बेठकलाई सम्बोधन गर्दै डा. सिंहले महामन्त्री थापाले सर्वोच्च अदालतबाट भ्रष्टाचारी प्रमाणित भइसकेका कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको बचाऊ गरिरहेको बताएका हुन् ।

केही समयअघि महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरुमसम्मै विचौलियाको पहुँच रहेको भनी दिएको अभिव्यक्ति पनि उनले स्मरण गराए ।

‘कांग्रेस महामन्त्रीले दुई/तीन दिनअघि भन्नुभएको थियो, प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच छ । आफ्नो आङको भैंसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने । उहाँ (गगन) को बेडरूममा सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सजाय पाइसकेको, कैद र जरिवाना दुवै पाइसकेको उहाँको बेडरुममा छ । अहिलेसम्म कांग्रेसले उसलाई हटाउन सकेको छैन । नेपाली कांग्रेसलाई संविधान, नियम र कानुनको पालना गर्न आउँदैन’, उनले भने ।

सांसद सिंहले सर्लाहीमा गृहमन्त्रालयको संरक्षणमा तस्करी र गुण्डागर्दी चलिरहेको आरोप पनि लगाएका छन् ।

उनले सत्ताको आडमा सोझासाझा निमुखा जनतालाई मुद्दा लगाउने, प्रहरी प्रशासनको प्रयोग गर्नेजस्ता काम भइरहेको बताए । उनले यस्तै गतिविधि गर्ने हो भने गृहमन्त्रालयको नाम परिवर्तन गरेर गृहमन्त्रालय (कांग्रेस) नाम राख्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १ : १९ बजे

सिंहदरबार सुरक्षा प्रबन्धबारे गृह मन्त्रालयमा बैठक

काठमाडौं–  सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार मन्त्रालयमा

सडक ऐन संशोधन गर्ने विधेयक गण्डकी प्रदेशसभामा

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१

इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु

पाटन– ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको

आयोगले सरकारलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन

काठमाडौं– निर्वाचन आयोगले सरकारलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन