अमरेशको आरोप- गगन थापाको बेडरुमसम्मै पुग्छन् बिचौलिया « Khabarhub

अमरेशको आरोप- गगन थापाको बेडरुमसम्मै पुग्छन् बिचौलिया


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधि सभाको बेठकलाई सम्बोधन गर्दै डा. सिंहले महामन्त्री थापाले सर्वोच्च अदालतबाट भ्रष्टाचारी प्रमाणित भइसकेका कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको बचाऊ गरिरहेको बताएका हुन् ।

केही समयअघि महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरुमसम्मै विचौलियाको पहुँच रहेको भनी दिएको अभिव्यक्ति पनि उनले स्मरण गराए ।

‘कांग्रेस महामन्त्रीले दुई/तीन दिनअघि भन्नुभएको थियो, प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच छ । आफ्नो आङको भैंसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने । उहाँ (गगन) को बेडरूममा सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सजाय पाइसकेको, कैद र जरिवाना दुवै पाइसकेको उहाँको बेडरुममा छ । अहिलेसम्म कांग्रेसले उसलाई हटाउन सकेको छैन । नेपाली कांग्रेसलाई संविधान, नियम र कानुनको पालना गर्न आउँदैन’, उनले भने ।

सांसद सिंहले सर्लाहीमा गृहमन्त्रालयको संरक्षणमा तस्करी र गुण्डागर्दी चलिरहेको आरोप पनि लगाएका छन् ।

उनले सत्ताको आडमा सोझासाझा निमुखा जनतालाई मुद्दा लगाउने, प्रहरी प्रशासनको प्रयोग गर्नेजस्ता काम भइरहेको बताए । उनले यस्तै गतिविधि गर्ने हो भने गृहमन्त्रालयको नाम परिवर्तन गरेर गृहमन्त्रालय (कांग्रेस) नाम राख्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै