महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर « Khabarhub

महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाल पत्रकार महासंघ सुर्खेतको ३४ औँ स्थापना दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्यलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजना र प्रदेश अस्पताल कालागाउँ सुर्खेतको प्राविधिक सहयोगमा सोमबार आयोजना गरिएको पत्रकारहरूको स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । 

शिविरमा जनरल जाँच, आँखा, दाँत साथै सुगर, प्रेसर, मुटु, मिर्गौला, पाठेघरको मुखको क्यान्सर परीक्षण, कलेजोसँग सम्बन्धित रोगहरूको  परीक्षण गरिएको र ७० जना पत्रकारले स्वास्थ्य जाँच गराएको शाखाका सचिव गोविन्द्र खत्रीले बताए । 

शिविरमा इन्टरनल मेडिसियन कन्सल्टेन्ट फिजिसियन डा. खेम नारायण चालिसे, नेरोगत्र विशेषज्ञ डा. शक्ति सुवेदी, दन्त रोग विशेषज्ञ डा. पूर्ण पौडेल, वरिष्ठ ल्याब टेक्निसियन निरीक्षक भरत देवकोटा, ल्याब टेक्निसियनहरू विमला रावत, विकास गिरी, डिलमाया सोमै, अञ्जली बिक र अफ्थफाल्मिक असिस्टेण्ट आरूसा केसीले सेवा दिएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १ : ५८ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा