स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री « Khabarhub

स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सहायता तथा राहत कार्यक्रमलाई एकीकृत गरेर व्यवस्थापन गरिने बताएका छन् ।  

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको वार्षिकोत्सवका अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले विभिन्न निकाय तथा मन्त्रालयमार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एउटै संरचनाभित्र समेटेर एकीकृत व्यवस्थापन गरिने बताएका हुन् । 

उनले डुब्न लागेको स्वास्थ्य बिमालाई उतार्नका लागि नियमित आम्दानी सुरक्षित कोष निर्माण हुने गरी विकास गर्नुपर्ने बताए । हरेक वर्ष एक खर्वभन्दा बढी आम्दानी हुने गरी बिमाको आय प्रणाली विकास हुनुपर्ने उनको भनाइ छ । 

उनले योगदान गर्न सक्ने नागरिकले योगदान गर्ने र योगदान गर्न नसक्नेहरूका लागि राज्यले प्रिमियर दिनुपर्ने जिकिर गरे । मन्त्री पौडेलले बिमाको फेक क्लेम गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्नेमा जोड दिए । 

वार्षिकोत्सवका असरमा अस्पतालमा स्थापना गरिएको मध्यपुर रक्तसञ्चार केन्द्रको मन्त्री पौडेलले उद्घाटन गरिसकेका छन् । अस्पतालले दैनिक एक हजार भन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  २ : ०५ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट