स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री « Khabarhub

स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सहायता तथा राहत कार्यक्रमलाई एकीकृत गरेर व्यवस्थापन गरिने बताएका छन् ।  

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको वार्षिकोत्सवका अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले विभिन्न निकाय तथा मन्त्रालयमार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एउटै संरचनाभित्र समेटेर एकीकृत व्यवस्थापन गरिने बताएका हुन् । 

उनले डुब्न लागेको स्वास्थ्य बिमालाई उतार्नका लागि नियमित आम्दानी सुरक्षित कोष निर्माण हुने गरी विकास गर्नुपर्ने बताए । हरेक वर्ष एक खर्वभन्दा बढी आम्दानी हुने गरी बिमाको आय प्रणाली विकास हुनुपर्ने उनको भनाइ छ । 

उनले योगदान गर्न सक्ने नागरिकले योगदान गर्ने र योगदान गर्न नसक्नेहरूका लागि राज्यले प्रिमियर दिनुपर्ने जिकिर गरे । मन्त्री पौडेलले बिमाको फेक क्लेम गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्नेमा जोड दिए । 

वार्षिकोत्सवका असरमा अस्पतालमा स्थापना गरिएको मध्यपुर रक्तसञ्चार केन्द्रको मन्त्री पौडेलले उद्घाटन गरिसकेका छन् । अस्पतालले दैनिक एक हजार भन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  २ : ०५ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको