काठमाडौं महानगरमा कुकुर बिरालो अनिवार्य दर्ता गर्नुपर्ने « Khabarhub

काठमाडौं महानगरमा कुकुर बिरालो अनिवार्य दर्ता गर्नुपर्ने


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले कुकुर बिरालो दर्ता अभियान सुरु गरेको छ । स्वदेशी कुकुर निःशुल्क दर्ता हुने छ भने विदेशी कुुकुर वा बिरालो दर्ताका लागि मालिकले २ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।

महानगरपालिकाले दर्ता भएका कुकुर बिरालोमा माइक्रो चिप्स जडान गरिदिने छ । यसरी चिप्स जडान गरेको कुकुर बिरालो हराएमा खोज्न सजिलो हुने मेयर बालेन्द्र शाहले जनाएका छन् ।

कुकुर बिरालो दर्ता अभियानका सन्दर्भमा मेयर बालेन्द्रले जानकारीमूलक भिडियोसहित ‘घरपालुवा जनावरको सुरक्षाका लागि माइक्रोचिप अनिवार्य लगाऔँ’ शीर्षकमा एउटा सूचना प्रकाशित गरेका छन् ।

हेर्नुहोस् सूचना–

घरमा पाल्ने कुकुर, बिरालो जस्ता जनावर हाम्रो परिवारको हिस्सा पनि हो । बेला–बेलामा यस्ता घरपालुवा जनावरहरु हराएको, चोरी भएका गुनासो काठमाडौं महानगरपालिकामा आउने गरेका छन् । सो समस्याको समाधान माइक्रो चिपिङ मार्फत गर्न सकिन्छ । त्यस कारण हामीले माइक्रो चिपिङ कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउँदै छौं ।

काठमाडौं महानगरपालिकाले कुकुर–बिरालो व्यवस्थापन, नियन्त्रण र दर्ता कार्यविधि, २०७९ जारी गरेको छ । यस कार्यविधिको दफा ३ (च) मा महानगर क्षेत्रभित्रका घरपालुवा कुकुर र बिरालोको दर्ता अनिवार्य गरिएको छ । यसअनुसार, महानगरपालिकाले कुकुर÷बिरालो दर्ता तथा माइक्रो चिपिङ कार्यक्रम सञ्चालन सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाको ‘आर्थिक ऐन २०८१’ अनुसार, नेपाली जातका सामुदायिक कुकुर वा बिरालो घरमा पालेर आफ्नो नाममा दर्ता गराएमा वडाबाट निःशुल्क दर्ता गरिनेछ । तर, विदेशी जातका कुकुर वा बिरालोको हकमा भने प्रतिजनावर रु. २,००० सेवा शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

कार्यविधिको दफा ७ अनुसार, कुकुर बिरालोमा माइक्रोचिप लगाएर सम्बन्धित वडा कार्यालयमा दर्ता गराउने दायित्व स्वयम कुकुर बिरालो पाल्ने व्यक्तिको हो । माइक्रोचिप लगाइएका कुकुर बिरालोको मृत्यु भएमा, स्थानान्तरण गरेमा वा हराएमा मालिकले ७ दिनभित्र सम्बन्धित वडा कार्यालयमा जानकारी दिन समेत हामी आग्रह गर्न चाहन्छौँ ।

माइक्रो चिपले हराएका कुकुर वा बिरालोलाई मालिकसँग पुनर्मिलन गराउन महत्त्वपूर्ण भूमिका खेल्छ । यो सानो चिपले स्थायी पहिचान प्रदान गर्छ र हराएको पाल्तु जनावरलाई सहजै भेट्टाउनका लागि सहजीकरण गर्दछ ।

माइक्रोचिप लगाउने प्रक्रिया छिटो, सुरक्षित र किफायती छ । त्यसैले हामी ८ हप्ताभन्दा माथिका कुकुरमा माइक्रोचिप अनिवार्य रुपमा लगाउन आग्रह गर्न चाहन्छौ । साथै कुकुर बिरालो बेच्न वा अरूलाई दिनुअघि माइक्रोचिप अनिवार्य लगाउन अनुरोध गर्दछौँ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  २ : २९ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी