बाबुरामले दिल्लीमा भेटे भारतीय रक्षामन्त्री सिंहलाई « Khabarhub

बाबुरामले दिल्लीमा भेटे भारतीय रक्षामन्त्री सिंहलाई


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतका रक्षामन्त्री राजनाथ सिंहलाई सोमबार नयाँ दिल्लीमा भेटेका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले भाजपाका वरिष्ठ नेतासमेत रहेका सिंहलाई सोमबार दिल्लीमा भेटेका हुन् ।

भेटका क्रममा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको भट्टराईले बताएका छन् ।

डा. भट्टराईले भेटका क्रममा गत मंगलबार दिउँसो कश्मीरको पहलगाममा नेपाली युवक सुदीप न्यौपानेसहित २७ जना सर्वसाधारणको ज्यान जाने गरी भएको आतंकवादी हमलाको निन्दा गरेका छन् । उनले सिंहसँग भेटेर उक्त घटनाबारे गहिरो दुःख व्यक्त गरेका हुन् ।

डा. भट्टराई पार्टीनिकट प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनका निम्ति भारत भ्रमणमा छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  २ : ३२ बजे

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ