बाबुरामले दिल्लीमा भेटे भारतीय रक्षामन्त्री सिंहलाई « Khabarhub

बाबुरामले दिल्लीमा भेटे भारतीय रक्षामन्त्री सिंहलाई


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतका रक्षामन्त्री राजनाथ सिंहलाई सोमबार नयाँ दिल्लीमा भेटेका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले भाजपाका वरिष्ठ नेतासमेत रहेका सिंहलाई सोमबार दिल्लीमा भेटेका हुन् ।

भेटका क्रममा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको भट्टराईले बताएका छन् ।

डा. भट्टराईले भेटका क्रममा गत मंगलबार दिउँसो कश्मीरको पहलगाममा नेपाली युवक सुदीप न्यौपानेसहित २७ जना सर्वसाधारणको ज्यान जाने गरी भएको आतंकवादी हमलाको निन्दा गरेका छन् । उनले सिंहसँग भेटेर उक्त घटनाबारे गहिरो दुःख व्यक्त गरेका हुन् ।

डा. भट्टराई पार्टीनिकट प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनका निम्ति भारत भ्रमणमा छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  २ : ३२ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको