सहकारी पीडितले सरकारको विरोधमा निकाले अर्धनग्न जुलुस « Khabarhub

सहकारी पीडितले सरकारको विरोधमा निकाले अर्धनग्न जुलुस


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि आन्दोलित सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलमा जम्मा भएका सहकारी पीडितहरूले अर्धनग्न बनेर प्रदर्शन गरेका हुन् ।

पीडितहरूले कालो रङको कपडाले शरीरको भाग आधा मात्रै छोपेर प्रदर्शन गरेका हुन् ।

यसो गरेर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध गरिएको जनाएका छन् ।

प्रदर्शनमा सहभागी अरूले विभिन्न माग लेखिएका प्लेकार्ड बोकेका थिए । पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

उनीहरूले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायत नारा लेखेका प्लेकार्डसहित प्रदर्शन गरे ।

देशभरका सयौँ सहकारी संस्थाको बचत रकम अपचलन हुँदा हजारौँ पीडित छन् । उनीहरू करिब एक वर्षदेखि सडकमा छन् ।

उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर बचत फिर्ता गर्न भनेका छन् ।

अहिलेसम्म सरकारले उनीहरूका सम्बोधन गरेको छैन । २७ दिनदेखि आन्दोलित शिक्षकका मागबारे पनि सरकारले सुनेको छैन ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  २ : ५३ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार