मकवानपुरका बहुवर्षीय योजनाहरू अन्तिम चरणमा | Khabarhub Khabarhub

मकवानपुरका बहुवर्षीय योजनाहरू अन्तिम चरणमा


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागमती – बागमती प्रदेश सरकारद्वारा मकवानपुरमा सञ्चालित तीन वटा बहुवर्षीय  योजनाको काम अन्तिम चरणमा पुगेको छ । 

हेटौँडा उपमहानगरपालिका–१० मा निर्माणाधीन बागमती प्रदेशसभा हलको निर्माण काम सम्पन्न भएको छ । सभाहलको निर्माण काम सम्पन्न भएर हस्तान्तरणको क्रममा रहेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर सुबोध अधिकारीले जानकारी दिए। 

अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा सम्झौता भई निर्माण सुरू भएको प्रदेशसभा हलको काम गत वर्षको पुसमा सम्पन्न भइसकेको र छिट्टै हस्तान्तरण गर्ने तयारी भइरहेको प्रमुख अधिकारीले बताए। 

“भवन निर्माण तथा रङरोगनको काम सकिएको छ”, प्रमुख अधिकारीले भने, “प्रदेशसभा हलमा हाल्नुपर्ने फर्निचर खरिदको प्रक्रियामा छ, फर्निचर हालिएसँगै प्रदेशसभा हल हस्तान्तरण हुन्छ ।”

भ्याटसहित कूल रू तीन करोड ५३ लाख ६१ हजार ५८३ को लागतमा सिउँडी निर्माण सेवा हेटौँडाले प्रदेशसभा हलको निर्माण गरेको हो । प्रदेशसभा सचिवालयको कार्यालय नजिकै निर्माण गरिएको प्रदेशसभा हलमा सभाहलसँगै सभामुख र उपसभामुखको कार्यकक्ष तथा पत्रकार र पर्यवेक्षकहरू बस्ने कक्षको निर्माण गरिएको छ । 

यस्तै हेटौँडा उपमहानगरपालिका–२ मा निर्माणाधीन बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सभाहलको काम पनि अन्तिम चरणमा पुगेको छ । आव २०७७र७८ मा सम्झौता भई चालु आव २०८१र८१ मा सम्पन्न गर्नेगरी निर्माण भइरहेको मुख्यमन्त्री सभाहको हालसम्म ९९ प्रतिशत काम सम्नन्न भइरहेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ । 

भवन निर्माणको काम सम्पन्न भइसकेको र रङरोगनको काम अन्तिम चरणमा पुगेकोले यही २०८१ चैत महिनासम्ममा सम्पन्न हुने सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर अधिकारीले बताए। उनका अनुसार संरक्षणरसेभ जेभी भरतपुरले भ्याटसहित रू पाँच करोड २६ लाख ८३ हजार ३५९ को लागतमा सो सभाहल निर्माणको काम गरिरहेको छ । 

त्यस्तै हेटौँडा उपमहानगरपालिका–१ स्थित हेटौँडा अस्पताल भवनको काम पनि तीव्ररूपमा भइरहेको छ । सहरी विकास तथा भवन कार्यालय मकवानपुरका अनुसार अस्पताल भवनको काम हालसम्म ८० प्रतिशत सम्पन्न भइसकेको छ । बिकोइरनवसिर्जनशील जेभी काठमाडौँले ठेक्का पाएको अस्पताल भवन निर्माणको काम चाँडो सकिने गरी तीव्ररूपमा काम भइरहेको जनाएको छ । 

भ्याटसहित कूल रू २६ करोड ६४ लाख २५ हजार २८० को लागतमा निर्माण भइरहेको अस्पताल भवनको निर्माणको काम सम्पन्न गर्न २०८१ असार मसान्तसम्म समयावधि भए पनि यही २०८१ फागुन महिनाभित्र सम्पन्न गर्ने अनुमान गरिएको प्रमुख इ अधिकारीको भनाइ छ । अस्पतालले जग्गाको व्यवस्थापन नगर्दा अस्पताल भवन निर्माणमा केही ढिलाइ भएको हो । 
 

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ३ : ०२ बजे

कांग्रेसका शीर्ष नेताकै वडामा सदस्यता नवीकरणमा कार्यकर्ताको अरुचि

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि मातहतलाई

‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’

वीरगञ्ज – वीरगञ्जका उद्योगी-व्यवसायीले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात

ललितपुर महानगरले भन्यो- मंगलबारदेखि सामुदायिक विद्यालयको पठनपाठन अघि बढाउनू

ललितपुर- ललितपुर महानगरपालिकाले मंगलबारदेखि सबै विद्यालय सामुदायिक खोलेर पठनपाठन अगाडि

रुसका राष्ट्रपतिले गरे तीन दिने युद्धविरामको घोषणा

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर

पत्रकार बिनु सुवेदीलाई अम्बिका देवी ओली स्मृति राष्ट्रिय पुरस्कार

काठमाडौं- यस वर्षको अम्बिका देवी ओली स्मृति प्रतिष्ठान ‘राष्ट्रिय साहित्य