राष्ट्रिय मुक्ति पार्टीद्वारा शिक्षकमाथि भएको दमनको विरोध « Khabarhub

राष्ट्रिय मुक्ति पार्टीद्वारा शिक्षकमाथि भएको दमनको विरोध


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालले काठमाडौंमा आन्दोलनरत शिक्षकमाथि सरकारले गरेको दमनको विरोध गरेको छ । अध्यक्ष राजेन्द्र महतोले सोमबार विज्ञप्ति जारी गरेर सरकारले शिक्षकमाथि गरेको दमनको विरोध गरेका हुन् । 

‘शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनद्वारा गरिएको अत्याधिक दमन र बल प्रयोगले पाँच दर्जनभन्दा बढी शिक्षक र पत्रकार घाइते बनाउनु लोकतान्त्रिक मुलुकको निम्ति अत्यन्त दुर्भाग्यपूर्ण र दुःखको विषय हो,’ उनले भनेका छन्, ‘यस्तो राज्य आतंक र कुकृत्यको हामी घोर भत्सर्ना गर्दछौँ ।’ 

सामुदायिक विद्यालयका लाखौँ विद्यार्थीको भविष्य बिग्रिरहँदा सरकार गम्भीर नहुनु, माग पूरा गर्न उदासिन देखिनु र शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि प्रहार गर्नुले सरकारको अत्याचार, निरङ्कुशता र दमनकारी चरित्रको उजागर भएको महतोको भनाइ छ । 

‘लोकतान्त्रिक मुलुकमा यसखाले गतिविधिलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘समाजलाई अंधकारबाट मुक्ती दिलाउने शिक्षकहरु एक्लो नरहेको उहाँहरूको जायज मागको साथमा सम्पूर्ण न्यायप्रेमी जनता रहेकोले निरीह र असहाय ठान्ने सरकारले भुल नगरोस् र यथाशीघ्र पीडित शिक्षकहरुको माग तत्काल सम्बोधन गरोस् ।’ 

अध्यक्ष महतोले २७ दिनदेखि आन्दोलनरत शिक्षकहरूलाई आन्दोलन र आफू आवद्ध पार्टीसँगको आवद्धता मध्ये कुनै एक छोड्न पनि सुझाव दिएका छन् । 

‘अधिकतर शिक्षकहरू अहिलेकै सत्तासीन प्रमुख दलमै आवद्ध हुनुहुन्छ । उहाँहरूकै सरकार छ र पनि हकहितको निम्ति संघर्ष गर्नुपरेको छ । उहाँहरूकै सरकारले माग पनि सम्बोधन गरिरहेको छैन र उल्टै दमनमा उत्रेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण यस्तो परिस्थितिमा या त उहाँहरूले सरकारको विरुद्धमा आन्दोलन गर्न छोड्नु पर्‍यो या त अधिकांश शिक्षकहरू आफूहरू आवद्ध रहेको कांग्रेस, एमाले पार्टीको आबद्धता त्याग्नु पर्‍यो ।’

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ३ : ३१ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट