लिङ्देनले बुझाए ‘पोखरा विमानस्थलमा भ्रष्टाचार’को अध्ययन प्रतिवेदन, एमाले सांसद बास्कोटाको फरक मत « Khabarhub

लिङ्देनले बुझाए ‘पोखरा विमानस्थलमा भ्रष्टाचार’को अध्ययन प्रतिवेदन, एमाले सांसद बास्कोटाको फरक मत


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचार अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङदेनको संयोजकत्वमा गठित उपसमितिले उक्त प्रतिवेनन संसदीय समितिलाई बुझाएको हो ।

लिङ्देनको नेतृत्वमा एक वर्षअघि गठित उपसमितिले सोमबार संसद् भवनस्थित शंकर हलमा पत्रकार सम्मेलन गरेर प्रतिवेदन बुझाएको हो । तर उक्त प्रतिवेदनमा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले फरक मत जाहेर गराएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत रहेको सार्वजनिक लेखा समिति सदस्यसमेत रहेका लिङ्देनको संयोजकत्वमा उपसमिति बनाइएको थियो ।

पोखरा विमानस्थल निर्माणका क्रममा भएका अनियमितता, भ्रष्टाचारसँग सम्बन्धित गुनासोबारे अध्ययन गर्न २०८१ जेठ २८ गेत लिङ्देनको संयोजकत्वमा उपसमिति गठन भएको थियो ।

उक्त उपसमितिले स्थलगत अनुगमन, अन्तर्क्रिया र छलफल तथा कागजात अध्ययनपछि ३८ पृष्ठ लामो प्रतिवेदन बनाएको छ । जसबाट ६ वटा निष्कर्ष निकालिएको संयोजक लिङ्देनले पत्रकारहरूलाई बताए ।

प्रतिवेदन बुझ्ने क्रममा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पोखरा र भैरहवा विमानस्थलमा भएको भ्रष्टाचारबारे अध्ययन गर्न दुई उपसमिति गठन गरिएको बताए ।

लिङदेनको नेतृत्वको पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन बुझाइएको हो । नेकपा एमालेका सांसद योगेश भट्टराईको नेतृत्वमा बनेको भैरहवा विमानस्थल निर्माणबारेको प्रतिवेदन आउन बाँकी रहेको पोखरेलले बताए ।

यो प्रतिवेदनबारे अब संसदीय समितिमा छलफल हुनेछ । त्यहाँ प्राप्त सुझावलाई आधार मानेर मूल समितिले अन्तिम निष्कर्ष निकाल्ने सभापति पोखरेलले बताएका छन् ।

लिङ्देन संयोजकत्वको उपसमितिमा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा, नेकपा एमालेका गोकुल बास्कोटा, माओवादीकै अमनलाल मोदी, नेपाली कांग्रेसका अर्जुननरसिंह केसी, एकीकृत समाजवादीका प्रेम आले सदस्य थिए । त्यसैगरी अन्य सांसदहरू रामकृष्ण यादव, तारा लामा तामाङ, देवप्रसाद तिमिल्सिना, दीपक गिरी र रुकमणि राना पनि सदस्य थिए ।

बास्कोटाको फरक मत

संसदीय उपसमितिले समितिलाई बुझाएको उक्त प्रतिवेदनमा सदस्य बास्कोटाले फरक मत जाहेर गरेका छन् । लिङ्देनले प्रतिवेदन बुझाउन आयोजित पत्रकार सम्मेलन सकिएपछि त्यहीँ एमाले सांसद बास्कोटाले प्रतिवेदन अधुरो रहेको टिप्पणी गरे ।

उनले उक्त प्रतिवेदनलाई अधुरो बताउँदै आफू उपसमितिका सबै बैठकमा सहभागी नभएको बताएका छन् ।

‘प्रतिवेदन अधुरो । म यसका सबै बैठकमा म सहभागी थिइनँ, एउटा बैठकको भ्रम छरिएको छ । हस्ताक्षर गरेन भनिएको छ, सही गर्न नै भनिएकै छैन भने कसरी सही हुन्छ ?’, उनले प्रश्न गरे,‘सही गर्ने कि नगर्ने आफ्नो इच्छा हो । यो प्रतिवेदन अन्तिम निष्कर्ष होइन । मेरो भनाइ पनि के हो भने पोखरा विमानस्थलमा केही गडबडी भएको छ । प्राविधिक अडिट उपसमितिले गर्न सक्ने कुरा भएन । सबै कुरा अन्तिम टुंगोमा नपुगेकाले मूल समितिले नै थप अनुसन्धान र अध्ययन गरेर सत्य लगाउनु आवश्यक छ ।’

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ३ : ५२ बजे

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको