आवश्यकताको आधारमा समय सापेक्ष ऐन कानुन संशोधन हुनुपर्छ : श्रममन्त्री भण्डारी « Khabarhub

आवश्यकताको आधारमा समय सापेक्ष ऐन कानुन संशोधन हुनुपर्छ : श्रममन्त्री भण्डारी


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा ऐन कानून समय सापेक्ष परिवर्तन हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । 
 
अहिले श्रम ऐन संशोधन प्रक्रियामा अगाडि बढेको जिकिर गर्दै सरोकारवालाहरूको सहमतिमा बनाएका ऐन र कानूनहरु सबै पक्ष मिलेर अनिवार्य लागु गर्नु पर्नेमा उनले जोड दिए । 

मन्त्री भण्डारीले सबै सरोकारवालाको सहकार्य र सहमतिमा बनाइएको ऐन लागु गर्ने दायित्व पनि सबैको भएको बताए । उनले वर्तमान श्रम ऐनमा के के कुराहरू व्यवहारिक छैन त्यसका बारेमा गम्भीर छलफल गरी सुझाव दिन पनि आग्रह गरे । 

सरकार ऐन कानुन लागु गर्न तयार रहेको स्पष्ट पार्दै त्यसका लागि ट्रेड युनियनहरू पनि एक ढिक्का भएर अगाडि बढ्नु पर्नेमा मन्त्री भण्डारीले जोड दिए । उनले भने, ‘सरकार ऐन कानुन लागु गर्न तयार छ, ट्रेड युनियनहरू पनि त्यसका लागि तयार हुनुपर्छ ।’

एक अर्को प्रसङ्गमा मन्त्री भण्डारीले कुनै पनि नेपाली कामदार देश बाहिर कँहीकतै दुःख पाए त्यसका लागि सरकार जिम्मेवार हुनु पर्ने बताए । उनले भने, कुनै पनि नेपाली महिला वा पुरुष श्रमिक देश बाहिर श्रम स्वीकृति बिना काम गर्ने वातावरणको अन्त्य हुनु पर्छ, तिनीहरूलाई श्रम स्वीकृति लिने वातावरण बताउन सबै मिलेर काम गर्नुपर्छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ५ : ०८ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट