पत्रकार बिनु सुवेदीलाई अम्बिका देवी ओली स्मृति राष्ट्रिय पुरस्कार « Khabarhub

पत्रकार बिनु सुवेदीलाई अम्बिका देवी ओली स्मृति राष्ट्रिय पुरस्कार


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको अम्बिका देवी ओली स्मृति प्रतिष्ठान ‘राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार’ पत्रकार बिनु सुवेदीलाई प्रदान गरिने भएको छ ।

पितृसत्तात्मक सोचको समाजमा जोखिमपूर्ण मानिने पत्रकारिता क्षेत्रमा महिलाको उपस्थिति स्थापित गर्न दिएको योगदानको मूल्याङ्कन गर्दै सुवेदीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

प्रतिष्ठानका अनुसार पुरस्कार राशि १ लाख ११ हजार १११ रुपैयाँ छ । रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले एक वक्तव्यमार्फत् भनेका छन्, ‘महिलाको विषय नमानिने, असहज र चुनौतीपूर्ण राजनीतिक बिटमा उल्लेखनीय योगदान दिएकाले यो पुरस्कार प्रदान गर्ने निर्णय गरेका हौँ ।’

यसैगरि ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ एकल महिला अधिकार क्षेत्रमा ३० वर्षदेखि सक्रिय महिलाका लागि मानव अधिकार एकल महिला समूहलाई प्रदान गरिने भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापाले स्थापना गरेको यस संस्थाले एकल महिलाका हक-अधिकारका लागि लामो समयदेखि काम गर्दै आएको छ। यस पुरस्कारको राशि पनि १ लाख ११ हजार १११ रुपैयाँ छ।

गैरराजनीतिक, गैरनाफामूलक र गैरसरकारी संस्थाका रुपमा सक्रिय ओली प्रतिष्ठानले कृषि, महिला सशक्तिकरण, साहित्य, पत्रकारिता र बालबालिकाका क्षेत्रका उत्कृष्ट अभ्यासलाई प्रोत्साहित गरिरहेको छ ।

२०७९ सालदेखि प्रतिष्ठानले प्रत्येक दुई वर्षमा राष्ट्रको समुन्नतिमा योगदान दिनेलाई ५ लाख राशिको प्रज्ञान पुरस्कार द्वारा सम्मानित गर्दै आएको छ।

अहिलेसम्म प्रतिष्ठानले यसअघि स्वर्गीय श्रीप्रसाद ओली राष्ट्रिय अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कारबाट हिमालय शमशेर जबरा र डा. सन्दुक रुइतसहित २ जनालाई पुरस्कृत गरिसकेको छ ।

यस वर्ष, प्रतिष्ठानले देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार ११ वर्षकी हेलम्बुकी सदीक्षा पण्डितलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, १४ वर्षीय त्रिदेव पौडेल नवलपरासीलाई पनि संयुक्त रूपमा उक्त सम्मान दिइने भएको छ ।

पण्डितले बालविवाह, महिला हिंसा, जातीय भेदभाव, महिनावारी र वातावरणीय विषयमा अभियान सञ्चालन गर्दै पढाइ र सामाजिक सुधारलाई अघि बढाएकी छन्।

उता पौडेलले १३ कविता, ९ कथा, १७ निबन्धनात्मक लेख, ४ नाटक र ४० भन्दा बढी चित्र सिर्जना गरेका छन् । यो पुरस्कारको राशि १ लाख १ हजार १११ रुपैयाँ छ।

विधागत विज्ञहरूको निर्णायक मण्डलबाट गरिएको सिफारिस र संस्थाको निर्णयका आधारमा पुरस्कृतहरू छनोट गरिएको प्रतिष्ठानले जनाएको छ ।

२० वैशाख २०८२ मा नेपाल पर्यटन बोर्ड हुने समारोहमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ५ : ५२ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण