रुसका राष्ट्रपतिले गरे तीन दिने युद्धविरामको घोषणा | Khabarhub Khabarhub

रुसका राष्ट्रपतिले गरे तीन दिने युद्धविरामको घोषणा


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेको क्रेमलिनले जनाएको छ ।

किएभले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोले जनाएको छ । साथै, युद्धमा रोक लगाउने कुनै पनि उल्लङ्घनको जवाफ दिन रूस तयार रहेको पनि रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । 

पुटिनले इस्टरको अवसरमा युद्ध रोक्न पनि यस्तै आदेश जारी गर्नुभएको थियो तर उक्त युद्धविराममा दुवै पक्षले एकअर्कालाई सयौँ पटक उल्लङ्घन गरेको आरोप लगाएका थिए।

‘रुसी पक्षले विजय दिवसको ८० औँ वार्षिकोत्सवको अवसरमा मे ७ को मध्यरातदेखि मे १० को मध्यरातसम्म युद्धविरामको घोषणा गर्दैछ। यस अवधिमा सबै लडाकू अभियानहरू स्थगित गरिनेछ,’ क्रेमलिनले एक विज्ञप्तिमा राष्ट्रपति पुटिनलाई उद्धृत गरी उल्लेख गरेको छ । 

‘युक्रेनी पक्षले यो उदाहरण पछ्याउनुपर्छ भन्ने रुसको मान्यता छ। यद्यपि, यो अवधिमा युक्रेनी पक्षबाट युद्धविराम उल्लङ्घन भएमा रुसी सशस्त्र बलले पर्याप्त र प्रभावकारी जवाफ दिनेछ,’ विज्ञप्तिमा भनिएको छ।

पुटिनले गत महिना युक्रेनले स्वीकार गरेको ३० दिनको पूर्ण र निःशर्त युद्धविरामको अमेरिकी प्रस्ताव अस्वीकार गगरेका थिए । 

किएभ र यसका युरोपेली समर्थकहरूले पुटिनले ३० घण्टे इस्टर युद्धविरामलाई आफूलाई चर्चामा ल्याउने अभ्यासको रूपमा घोषणा गरेको आरोप लगाएका छन् ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेयता रुसले युक्रेनका चार वटा क्षेत्रको ठूलो हिस्सा कब्जा गरेको छ र सन् २०१४ मा कब्जा गरेको क्रिमियाका अतिरिक्त त्यसलाई आफ्नो भएको दाबी गरेको छ ।
 

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : ०० बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस