कमल थापाको दाबी- हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा बोल्न नदिन कानुन संशोधन हुँदैछ « Khabarhub

कमल थापाको दाबी- हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा बोल्न नदिन कानुन संशोधन हुँदैछ


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सरकारले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउन नपाउने गरी कानुन संशोधन गर्ने तयारी गरिरहेको बताएका छन् ।

सोमबार पार्टीको कार्यक्रमलाई रत्नपार्को शान्तिवाटिकामा सम्बोधन गर्दै उनले यदि हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउन नपाउने गरी कानुन संशोधन भएमा देशभर आगो बाल्ने चेतावनी दिए ।

उक्त आगोको लप्काले सबैभन्दा पहिला सत्तारुढ दललाई प्रभाव पार्ने अध्यक्ष थापाले बताए ।

‘सरकारले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउन नपाउने, यदि त्यसो गरेमा राष्ट्रद्रोह भएको मानिने छ भनेर फौजदारी संहितामा संशोधन गर्न लागिएको छ’, उनले भने ।

नेता थापाले यसबारेमा सरकारलाई चेतावनी पनि दिएका छन् ।

‘तपाईंहरूको यो कदम कुनै हालतमा सफल हुँदैन । संविधानको भावनाविपरीत हुनेछ । तपाईंहरूले संविधानको भावनालाई मिचेर, लोकतन्त्रको मान्यतालाई बलात्कार गरेर यो अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी कानुन बनाउनुभयो भने याद गर्नुस्, यो देशमा आगो बल्छ’, उनले भने, ‘त्यो आगोको लप्काले सबैभन्दा पहिला वर्तमान भ्रष्ट सरकारलाई नै त्यसको प्रभाव पर्नेछ ।’

गत चैत १५ गते तीनकुनेको प्रदर्शनपछि पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, धवल शमशेर र पशुपति खड्कालगायतले कुनै अपराध नगरेको उनले बताए ।

‘आस्थाका बन्दीहरू अपराधी होइनन् । रवीन्द्र मिश्र, धवल शमशेरलगायतका नेताहरूले कुनै अपराध गरेका छैनन् । उनीहरूले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आफूलाई सशक्त उभ्याएका छन्’, उनले भने, ‘उनीहरू एक्लै छैनन्, यो सरकारले बुझ्नुपर्छ । उनीहरूका पछाडि देशभरका लाखौं राष्ट्रवादी छन् । उनीहरूको रिहाइको लागि अन्तिम घडीसम्म साथ दिन हामी तयार छौँ ।’

हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा माहोल तयार भइसकेको उनले बताए । अब अन्तिम धक्काको मात्रै आवश्कयता रहेको उनले बताए ।

अहिले गणतन्त्रवादी नेताहरु र सरकारले पूर्वराजालाई बदनाम गर्ने, राजसंस्थाप्रति आस्था राख्नेलाई विभिन्न प्रपञ्च रचेर दुःख दिनेलगायत काम गरिरहेको उनले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : ५९ बजे

शुक्लाफाँटाका तीन सामुदायिक विद्यालयमा ‘रेट्रोफिटिङ’ गरिँदै

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा आधुनिक प्रविधिमार्फत

सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत

महोत्तरी– महाेत्तरीको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट

महिला फुटबल : आज नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै

इन्डोनेसिया – त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल

पर्यटकको आकर्षक केन्द्र बन्दै सुनसरीको ‘तालतलैया’

धरान- सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई