पहलगाम हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन « Khabarhub

पहलगाम हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको जम्मू कश्मीरस्थित पहलगाममा वैशाख ९ गते भएको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । उक्त आक्रमण नेपाली युवा सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो ।

सोमबार दिउँसो काठमाडौंमा रहेको पाकिस्तानी दूतावास अगाडि युवाहरूले भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘हिन्दू विरोधी आतंक बन्द गर’ भन्ने नारा लगाएका थिए ।

आक्रमणमा मारिएको नेपाली युवा न्यौपानको तस्बिरसहित प्रदर्शनमा उत्रिएका युवाहरुले कालो ब्यानरमा ‘पाकिस्तानका सेना प्रमुखको हिन्दू विरोधी मन्तव्य मुर्दावाद’ लेखेर प्रदर्शन गरेका थिए ।

पहलगाम हत्याको विरोधमा यसअघि शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन भएका थिए । नेपाल नागरिक अभियानले आयोजना गरेको प्रदर्शनमा सयौं नागरिक सहभागी भएका थिए ।

पहलगाम घटनाको नेपालको संसद्‌मा समेत विरोध भइरहेको छ । नेपालले पनि उक्त आक्रमणको घार निन्दा गरेका थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : ५३ बजे

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा