चीनले पठाएको मिसाइलका कारण इरानको बन्दरगाहमा विस्फोट « Khabarhub

चीनले पठाएको मिसाइलका कारण इरानको बन्दरगाहमा विस्फोट


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानको सबैभन्दा ठूलो बन्दरगाहमा भएको विस्फोटका पछाडि चीनले पठाएको ठोस मिसाइल इन्धन भएको दाबी गरिएको छ ।

गत शनिबार इरानको सबैभन्दा ठूलो बन्दरगाह सहिद राजाइ बन्दरगाहमा भएको विस्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

इरानको राज्य–सञ्चालित इस्लामिक रिपब्लिक न्युज एजेन्सीले यो विस्फोट रासायनिक पदार्थ भएका कन्टेनरहरूका कारण भएको हुनसक्ने द टेलिग्राफले बताएको छ ।

एजेन्सीले कुन रासायनिक पदार्थ हो भन्ने उल्लेख गरेको छैन । तर गत जनवरीमा चीनले सोडियम परक्लोरेट ९एक प्रकारको मिसाइल इन्धनको प्रकार० इरान पठाउने भन्ने खबर आएको थियो । इरानले इजरायलमा आक्रमण गरेपछि इरानमा यसकोे आपूर्ति कम भएको थियो ।

समाचारका अनुसार गत फेब्रुअरीमा गोलबन नामको एक जहाज चीनबाट एक हजार टन अमोनियम परक्लोरेट सोलिड रकेट इन्धन बनाउन प्रयोग हुने अर्को पदार्थ लिएर इरान पुगेको भन्ने समाचारमा आएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ११ : २१ बजे

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण