धादिङको त्रिपुरासुन्दरीमा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालन « Khabarhub

धादिङको त्रिपुरासुन्दरीमा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालन


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपलिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड)ले निर्माण गरेको उक्त भवनको हस्तान्तरण एवं उद्घाटन कार्यक्रमलाई मङ्गलबार सम्वोधन गर्दै मन्त्री अधिकारीले यस केन्द्रको सञ्चालन सँगै माटो, खेती, बाली तथा पशुपन्छीमा लाग्ने रोगको परिक्षणका लागि सहज र सुलभ सेवा किसानले प्राप्त गर्ने विश्वास व्यक्त गरे । यस्ता सेवा केन्द्रहरुको निर्माण र सञ्चालन हुनु कृषि कर्म गर्ने किसानका लागि महत्वपूर्ण उपलब्धी भएको उनको भनाइ थियो ।

किसानलाई आफनै गाँउ ठाँउमा सहज तरिकाले सेवा प्रदान होस् भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले मन्त्रालयले गरेका पछिल्ला निर्णय र प्रयासले कृषि क्षेत्रमा छिट्टै सकारात्मक परिवर्तन देखिने विश्वास व्यक्त गरे ।

पछिल्लो समय रासायनिक मल खरिदलाई सरलीकृत गर्न खरिद नियमावलीमै केही संशोधन समेत भएको चर्चा गर्दै मन्त्री अधिकारीले यसबाट मल खरिदमा लाग्ने समय केही छोटो हुने बताए ।

धादिङको सल्यानटार आसपासमा कृषि अनुसन्धान परिषद (नार्क) को अनुसन्धान केन्द्र स्थापनाको गृहकार्य अन्तिम चरणमा पुगेको र यस कार्यका लागि पालिकालाई अग्रसरता लिन पनि मन्त्री अधिकारीले आग्रह गरे ।

त्रिपुरासुन्दरी गाँउपलिकाका अध्यक्ष राजु उप्रेतीले सेवा केन्द्र मार्फत वरपरका पालिकालाई समेत सेवा प्रदान गर्न सकिने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

माटोलगायतको परिक्षणका लागि काठमाडौंसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने र यसबाट कृषि उब्जनीमा वृद्धि हुने उनले अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ८ : ४० बजे

डोको बुन्दै, सीप सिकाउँदै

भोजपुर– भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने

विपद् प्रभावित बेनी-जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

म्याग्दी– कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा