लखनउलाई हराउँदै आरसीबी क्वालिफायर १ मा, विशाल लक्ष्य भेट्टाउँदा जितेशले बनाए ८५ रन « Khabarhub

लखनउलाई हराउँदै आरसीबी क्वालिफायर १ मा, विशाल लक्ष्य भेट्टाउँदा जितेशले बनाए ८५ रन


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग इतिहासको तेस्रो सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै क्वालिफायर-१ मा स्थान सुरक्षित गरेको छ।

टिमले मंगलबार इकाना स्टेडियममा लखनऊविरुद्ध २२८ रनको लक्ष्य ४ विकेट गुमाउँदै पूरा गर्‍यो। यस जितसँगै बेंगलुरुले हालको सिजनको अंक तालिकामा दोस्रो स्थानमा अन्त्य गरेको छ। अब टिमले २९ मे मा पञ्जाब किङ्ससँग क्वालिफायर-१ खेल्नेछ।

बेंगलुरुका कप्तान जितेश शर्माले ३३ बलमा अविजित ८५ रन बनाए । मयंक अग्रवालले २३ बलमा अविजित ४१ रनको योगदान दिए। दुवैले १०७ रनको साझेदारी गरे।

उता विराट कोहलीले ५४ रन बनाए। उनले यस सिजनको ८ औं र समग्रमा ६३ औं आईपीएल अर्धशतक प्रहार गरे। उनले आईपीएलमा सबैभन्दा बढी अर्धशतक बनाउने क्रममा डेभिड वार्नर (६२ अर्धशतक) को कीर्तिमान तोडे।

इकाना क्रिकेट स्टेडियममा बेंगलुरुले टस जितेर पहिले बलिङ रोजेको थियो। यस्तोमा लखनउले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रनको विशाल स्कोर खडा गरेको थियो।

पहिले ब्याटिङ गरेको लखनऊका कप्तान ऋषभ पन्तले ६१ बलमा अविजित ११८ रन बनाए। उनले ११ चौका र ८ छक्का प्रहार गरे। तर उनको शतकीय पारी हारसँगै छायामा परेको छ । उता मिचेल मार्शले ६७ रन बनाउँदै योगफल २०० माथि लैजान योगदान दिएका थिए ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १२ : १७ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका