लखनउलाई हराउँदै आरसीबी क्वालिफायर १ मा, विशाल लक्ष्य भेट्टाउँदा जितेशले बनाए ८५ रन | Khabarhub Khabarhub

लखनउलाई हराउँदै आरसीबी क्वालिफायर १ मा, विशाल लक्ष्य भेट्टाउँदा जितेशले बनाए ८५ रन


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग इतिहासको तेस्रो सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै क्वालिफायर-१ मा स्थान सुरक्षित गरेको छ।

टिमले मंगलबार इकाना स्टेडियममा लखनऊविरुद्ध २२८ रनको लक्ष्य ४ विकेट गुमाउँदै पूरा गर्‍यो। यस जितसँगै बेंगलुरुले हालको सिजनको अंक तालिकामा दोस्रो स्थानमा अन्त्य गरेको छ। अब टिमले २९ मे मा पञ्जाब किङ्ससँग क्वालिफायर-१ खेल्नेछ।

बेंगलुरुका कप्तान जितेश शर्माले ३३ बलमा अविजित ८५ रन बनाए । मयंक अग्रवालले २३ बलमा अविजित ४१ रनको योगदान दिए। दुवैले १०७ रनको साझेदारी गरे।

उता विराट कोहलीले ५४ रन बनाए। उनले यस सिजनको ८ औं र समग्रमा ६३ औं आईपीएल अर्धशतक प्रहार गरे। उनले आईपीएलमा सबैभन्दा बढी अर्धशतक बनाउने क्रममा डेभिड वार्नर (६२ अर्धशतक) को कीर्तिमान तोडे।

इकाना क्रिकेट स्टेडियममा बेंगलुरुले टस जितेर पहिले बलिङ रोजेको थियो। यस्तोमा लखनउले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रनको विशाल स्कोर खडा गरेको थियो।

पहिले ब्याटिङ गरेको लखनऊका कप्तान ऋषभ पन्तले ६१ बलमा अविजित ११८ रन बनाए। उनले ११ चौका र ८ छक्का प्रहार गरे। तर उनको शतकीय पारी हारसँगै छायामा परेको छ । उता मिचेल मार्शले ६७ रन बनाउँदै योगफल २०० माथि लैजान योगदान दिएका थिए ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १२ : १७ बजे

दुई हजार चार सय ५१ सैन्य दीक्षित

काठमाडौं– नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सञ्चालित सैन्य

भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध किसान महासंघ आन्दोलित

काठमाडौं– भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा अखिल नेपाल किसान

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित सडकमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट

इजरायली संसदमा ट्रम्पको सम्बोधन जारी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको संसद केन्नेसेटलाई सम्बोधन गरिरहेका

कोशी सरकारले २५ प्रतिशत बजेट कटौती गर्ने

काठमाडौं– कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत