आईपीएल समूह चरण : १२१७ छक्का, २१३८ चौका, कसको नाममा के रेकर्ड बन्यो ? « Khabarhub

आईपीएल समूह चरण : १२१७ छक्का, २१३८ चौका, कसको नाममा के रेकर्ड बन्यो ?


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो क्वालिफायर र इलिमिनेटरको टुंगो लागेको छ। पहिलो क्वालिफायर पञ्जाब र आरसिबीले खेल्नेछन् भने इलिमिनेटरमा मुम्बई र गुजरातको प्रतिस्पर्धा हुनेछ।

समूह चरणका खेल सकिँदा १२१७ छक्का र २१३८ चौका प्रहार भएका छन्। समूह चरणबाटै बाहिरिएको लखनउ सुपर जायन्ट्सका निकोलस पुरणले सर्वाधिक ४० छक्का प्रहार गरेका छन्। उनी वेस्ट इन्डिजका विकेटकिपर र ब्याट्सम्यान हुन्।

गुजरात टाइटनका साई सुदर्शनले ६७९ रन बनाउँदै सर्वाधिक रनको सूचीमा आफ्नो नाम पहिलो नम्बरमा लेखाएका छन्। दोस्रो नम्बरमा गुजरातकै कप्तान शुभमन गिल छन्। उनले ६४९ रन बनाएका छन् भने मुम्बई इन्डियन्सका सूर्यकुमार यादव ६४० रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडी सूचीको तेस्रो नम्बरमा छन्।

त्यसैगरी सर्वाधिक विकेट लिने खेलाडीको सूचीको पहिलो नम्बरमा नूर अहमद छन्। तालिकाको पुछारमा रहँदै समूहचरणबाट बाहिरिएको चेन्नइका लागि अहमदले २४ विकेट हात पारेका हुन्। त्यसैगरी दोस्रो नम्बरको सर्वाधिक विकेट लिने खेलाडीमा प्रसिद्ध कृष्ण छन्। गुजरात टाइटनका उनले २३ विकेट हात पारेका छन्। तेस्रो नम्बरमा भने मुम्बई इन्डियन्सका ट्रेन्ट बोल्ट छन् उनले १९ विकेट लिएका छन्।

आईपीएल यो सिजनमा सर्वाधिक शतक प्रहार गर्ने टिम सनराइजर्स हैदरावाद बनेको छ। उसका लागि इशन किसन, अभिषेक शर्मा र हेनरिक क्लासेनले शतक प्रहार गरेका हुन्। लखनउका लागि मिचेल मार्श र ऋषभ पन्तले शतक प्रहार गरेका छन्।

राजस्थान रोयल्सका लागि वैभव सूर्यवंशी, दिल्लीका लागि केएल राहुल, पञ्जाबका प्रियांश आर्य र गुजरातका लागि सुदर्शनले शतक प्रहार गर्दा यो सिजनको समूहचरण सकिँदा नौ वटा शतक प्रहार भएका छन्।

राजस्थानका वैभवले १४ वर्षमा आईपीएल खेलेर धेरै रेकर्ड बनाए। डेब्यु खेलको पहिलो बलमा छक्का प्रहार गर्नेदेखि छोटो उमेरमा आईपीएलमा शतक प्रहार गर्ने खेलाडीको रुपमा उनले आफ्नो नाम लेखाएका छन्।

राजस्थानबाट जम्मा सात खेल खेल्दा कुल २५२ रन बनाएका उनले सर्वाधिक १०१ रन बनाए। सात खेलमा १८ चौका र २४ छक्का प्रहार गरेका उनले एउटा अर्धशतकसमेत बनाए। यो सिजनको आईपीएलमा उनी एक चर्चा योग्य खेलाडी बनेर उदाए।

यो सिजनको समूह चरणका खेल सकिँदा आरसिबीका विराट कोहलीले आठ पटक अर्धशतक पार गरे। एकै सिजनमा कुनै ब्याट्सम्यानले सबै भन्दा धेरै पटक ५० रनको आँकडा पार गरेको यो पहिलो पटक हो। विराटले अर्धशतक बनाएका ८ वटा खेलमा नै आरसिबी विजयी भयो।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ९ : १० बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको