गृहमन्त्रीले राजीनामा नदिने, भिजिट भिसा प्रकरणबारे संसद्‍मा सम्बोधन गर्ने | Khabarhub Khabarhub

गृहमन्त्रीले राजीनामा नदिने, भिजिट भिसा प्रकरणबारे संसद्‍मा सम्बोधन गर्ने


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने भएका छन् ।

बुधबार बिहान बालुवाटारमा बसेको सत्तारूढ दुई दलका शीर्ष नेतासहितको बैठकमा गृहमन्त्रीको राजीनामा प्रकरणबारे कुनै कुरा नभएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले खबरहबलाई बताए ।

‘बालुवाटारको बैठकमा बुधबारको संसद् बैठकमा आर्थिक सर्वेक्षण पेश गर्नेबारे कुरा भयो । बिहीबार बजेट ल्याउनुपर्ने भएकाले प्रतिपक्षीसँग थप छलफल गर्ने पनि कुरा भएको छ’, बर्तौलाले भने, ‘गृहमन्त्रीका हकमा उहाँबारे उठेका प्रश्नको संसद्मा सरकारकोतर्फबाट जवाफ दिनु हुनेछ ।’

बालुवाटारमा बुधबार बिहान भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे सहभागी थिए । बैठकमा एमालेका प्रमुख सचेतक बर्तौला पनि सहभागी थिए ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट नेपाली युवा-युवतीहरूलाई युरोप र खाडीसहितका देशमा भिजिट भिसामा जान दिँदा दैनिक ५० लाखभन्दा बढी अवैध रकम उठाएको प्रकरणमा गृहमन्त्री लेखक मुछिएका थिए ।

उनले अध्यागमन कार्यालयमा खटाएका सहसचिव तीर्थराज भट्टराईलाई गत बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो ।

त्यससँगै अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेर कागजपत्रसमेत नियन्त्रणमा लिएको थियो । अध्यागमनबाट उठाइएको रकम गृहमन्त्रीको सचिवालयसम्म आएको, सहसचिव भट्टराईसँगै गृहमन्त्रीको शंकास्पद सम्बन्ध रहेको कुरा प्रतिपक्षी दलहरूले संसद्‍मा पनि उठाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितले यो कुरा उठाएपछि विवाद भएको थियो ।

प्रतिपक्षी दलहरूले घेरेपछि मंगलबारको प्रतिनिधिसभाको बैठक पनि अवरोध भएर बुधबारसम्मलाई स्थगित गरिएको थियो ।

प्रतिपक्षीहरूले घेरे पनि सत्तारुढ दलले पेलेर जाने नीति बनाएका छन् । उनीहरूले अवरोध भए पनि आर्थिक सर्वेक्षण र बजेट ल्याउने तयारी गरेका हुन् । उता गृहमन्त्री लेखकले पनि कर्मचारीले बदमासी गर्दैमा आफूले राजीनामा दिनुनपर्ने कुरा बताइरहेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १२ : १० बजे

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्

विकासोन्मुख देशहरूका लागि उन्नतस्तरको समर्थन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक

जनार्दनलाई प्रचण्डले भने- पुनर्विचार गरेर पार्टीमै फर्किनुस्

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल