यु–१६ पुरुषको क्रिकेट राष्ट्रिय प्रतियोगिता कर्णालीमा हुने « Khabarhub

यु–१६ पुरुषको क्रिकेट राष्ट्रिय प्रतियोगिता कर्णालीमा हुने


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– यू–१६ क्रिकेट राष्ट्रिय प्रतियोगिता जेठ १९ गतेदेखि ३१ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश क्रिकेट संघको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो । 

२०२५ मा हुने एसीसी यू–१६ इष्ट जोन कप २०२५ लाई मध्यनजर राखेर प्रतियोगिता हुन लागेको हो । 

हाल कर्णाली प्रदेशले क्रिकेटमा ठुलो उपलब्धि हासिल गरिरहेको र कर्णाली प्रदेशको सुर्खेतमा पहिलो पटक आयोजना हुन लागेको र प्रतियोगिताले यस प्रदेशको आर्थिक गतिविधिसँगै खेल क्षेत्रको विकासमा टेवा पुग्ने नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष तथा कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर खड्काले  बताए । 

‘यस प्रतियोगिताबाट यु–१६ को पुरुष टिमका लागि राष्ट्रिय खेलाडी छनौट गर्ने लक्ष्य राखिएको छ,’ उनले भने,‘सातै प्रदेशका खेलाडीहरूको सहभागिता रहनेछ ।’

खेल लिग चरणमा हुने, सातै प्रदेशबाट सहभागिता रहने र जम्मा २१ खेल हुने प्रतियोगिता संयोजक श्रीधर केसीले जानकारी दिए । 

उनका अनुसार सुर्खेतको कालिञ्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर मैदानमा खेल हुने छन् । 

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १२ : ५९ बजे

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा