ऋण तिर्ने र छानो टाल्न पैसा उठाउने ट्रेड टावरको खुल्यो आईपीओ | Khabarhub Khabarhub

ऋण तिर्ने र छानो टाल्न पैसा उठाउने ट्रेड टावरको खुल्यो आईपीओ


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्रेड टावर लिमिटेडको बुधबार (जेठ १४ गते) बाट सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) बिक्री खुला भएको छ । 

थापाथली र गौशालामा रहेको ट्रेड टावरले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजीको ४८.६९६ प्रतिशतका दरले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले आइपीओ निष्कासनको अनुमति पाएको छ ।

कम्पनीले आईपीओबाट उठेको रकम बैंकको साँवा र ब्यान भुक्तानी गर्ने र छानो मर्मत गर्ने भएको छ ।

कम्पनीले उठेको रकममध्ये ३० करोड रुपैयाँ लक्ष्मी सनराइज बैंक कर्जा तथा ब्याजको भुक्तानी गर्ने जानकारी दिएको छ । थप ९ करोड रुपैयाँ होटल क्रिस्टल पशुपतिको क्षमता वृद्धि, होटल रुम थप तथा सोना स्पाको सुविधा थप गर्ने जानकारी दिएको छ ।

कम्पनीले ७९ लाख ६९ हजार ३०० रुपैयाँ भने ट्रेड टावर थापाथलीस्थित भवनको डोम तथा छाना मर्मत गर्न खर्च गर्ने कम्पनीले बताएको छ ।

कस्तो छ कम्पनी ?

ट्रेड टावरको जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ बराबरको रहेको छ । कम्पनीले तीन वर्ष लगातार नाफा गरेको छ । कपनीले आर्थिक वर्ष २०७८/७९ मा १ करोड ३८ लाख ६३ हजार रुपैयाँ नाफा गरेको थियो । आर्थिक वर्ष २०७९/८० मा २ करोड ७० लाख ५ हजार रुपैयाँ नाफा गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ म ४ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो । आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्ममा कम्पनीको नाफा ५ करोड ६० लाख ४८ हजार रुपैयाँ नाफा थियो ।

कम्पनीले आगामी तिन आर्थिक वर्षमा ०८१/८२ मा ६ करोड ६१ लख ६३ हजार, ०८२/८३ मा १० करोड १५ लाख ८ हजार र आव ०८२/८३ मा १२ करोड ५५ लाख ५१ हजार रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष २०७८/७९ मा १०३ रुपैयाँ ९७ पैसा रहेको थियो भने आर्थिक वर्ष २०७९/८० मा १०७ रुपैयाँ १२ पैसा रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा १२३.०५ रुपैयाँ थियो भन आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्ममा ११३ रुपैयाँ ३५ पैसा प्रतिशेयर नेटवर्थ रहेको छ ।

कम्पनीले आगामी तीन आर्थिक वर्षमा ०८१/८२ मा १०८ रुपैयाँ ११ पैसा, ०८२/८३ मा ११२ रुपैयाँ ४५ पैसा र आव ०८२/८३ मा ११५ रुपैयाँ ३५ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

कम्पनीको प्रतिशेयर आमदानी आर्थिक वर्ष २०७८/७९ मा २.०६ रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७९/८० मा ३ रुपैयाँ ५९ रुपैयाँ रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा ५ रुपैयाँ ६३ पैसा थियो भने आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्ममा १ रुपैयाँ ८८ पैसा प्रतिशेयर आमदानी रहेको छ ।

कम्पनीले आगामी तिन आर्थिक वर्षमा ०८१/८२ मा २ रुपैयाँ २ पैसा, ०८२/८३ मा ४ रुपेयाँ ३३ पैसा र आव ०८२÷८३ मा ५ रुपैयाँ ९५ पैसा प्रतिशेयर आमदानी पुग्ने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १ : ३२ बजे

वर्षमानले भने- बलियो सरकारको बजेट खासै गतिलो देखिएन

काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले

पूर्वअर्थमन्त्री महतले भने- बजेट ठिकै आयो, अझै वित्तीय अनुशासनले सकारात्मक परिणाम आउँछ

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले ल्याएको

बजेटबारे अर्थमन्त्री पौडेलकै प्रतिक्रिया- यथार्थपरक छ, कार्यान्वयनमा चुनौती छैन

काठमाडौं- उपप्रधान एवम् अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट यथार्थपरक

बजेटले विचौलियालाई गुण तिर्‍यो, नेताको भुँडी भर्ने गरि आयो : प्रभु साह

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले बिहीबार ल्याएको बजेटले

४२ लाख बराबरका मोबाइलका अवैध डिस्प्ले बरामद, एक जना पक्राउ 

धनगढी– कैलाली प्रहरीले ठूलो परिमाणमा भन्सार छलीको सामानसहित प्रहरीले एक जनालाई