संसद्‍‍भित्र तनावपूर्ण मुद्रामा गृहमन्त्री लेखक (तस्बिरहरू) « Khabarhub

संसद्‍‍भित्र तनावपूर्ण मुद्रामा गृहमन्त्री लेखक (तस्बिरहरू)


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका विश्वासपात्रमध्ये एक गृहमन्त्री रमेश लेखकलाई अहिले नसोचेको तनाव आइलागेको छ । गृहमन्त्रालय सम्हालिसकेका देउवाका अर्का विश्वासपात्र बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको घटना सेलाउन नपाउँदै लेखकमाथि संकट आइलागेको छ ।

भिजिट भिसामा जाने नेपालीहरूबाट विमानस्थल अध्यागमन कार्यालयमा सेटिङ गरेर दैनिक ५० लाखभन्दा बढी उठाइरहेको सार्वजनिक भएसँगै गृहमन्त्री लेखकको पद नै धरापमा परेको छ ।

सभापति देउवा पनि आफ्ना विश्वासपात्रको यो संकटले घेराबन्दीमा पर्दै गएका छन् । कांग्रेसभित्रै र बाहिरबाट पनि लेखकलाई राजीनामा गराउन दबाब बढिरहेको छ । तर देउवा टसमस भएका छैनन् ।

यता लेखकका कारण मंगलबार र बुधबार दुई दिन बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितले अवरोध जारी राखेका छन् ।

माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संसद् भवनस्थित च्याम्बरमा बुधबार बसेको प्रतिपक्षी दलको बैठकले लेखकको राजीनामालाई बटमलाइन बनाएको छ। प्रतिपक्षीले बजेट ल्याउन दिने तर अरू काम अघि बढ्न नदिने निर्णय लिएका छन् ।

यस्तोमा बुधबार संसद् बैठकमा देखिँदा गृहमन्त्री लेखक तनावमा थिए । उनी संसद् बैठक कक्ष अगाडि घरी फोनमा बोलेजस्तो गरिरहेका हुन्थे भने घरी कपाल कन्याइरहेका देखिए । उनको मुहारमा तनाव भरिएको प्रष्टै देखिन्थ्यो ।

संसद् बैठकमै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले पनि लेखकसँग संवाद गरे । लेखकले माओवादीसँगको छलफलमा धेरै तनाव भएमा आफूले पद छाड्ने बताएका थिए । तर सभापति देउवाले अहिले पद छाड्नुपर्ने कुनै जरूरी नरहेको सुझाव लेखकलाई दिइरहेका छन् ।

बुधबार बालुवाटारमा बसेको सत्तारुढ कांग्रेस र एमालेको बैठकमा पनि लेखकको राजीनामाको विषयले प्रवेश नै पाएन। तर बुधबार दिउँसो बसेको संसद् बैठक अघि नबढेपछि लेखकमाथि पद छाड्ने दबाब झन् बढेको छ ।

खासमा गत मंगलबार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख एवम् सहसचिव तीर्थराज भट्टराई मन्त्रालय तानिएका थिए । अध्यागमनमा सेटिङ गरेर लाखौँ उठाएको सूचना अख्तियारमा पुगेर छापा मार्ने खबर पाएपछि भट्टराईलाई लेखकले तानेका थिए ।

तर उक्त प्रकरणमा अध्यागमनले भिजिट भिसाको नाममा उठाउने लाखौँ रुपैयाँ गृहमन्त्रीको सचिवालयका सदस्यसम्म आइपुग्ने कुराले संकट बढाएको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  २ : ४० बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले