युक्रेनबाट एकैदिन मस्को लक्षित २९६ ड्रोन आक्रमण « Khabarhub

युक्रेनबाट एकैदिन मस्को लक्षित २९६ ड्रोन आक्रमण


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

लन्डन– युक्रेनबाट रूसी राजधानी मस्कोलाई लक्षित गरी दर्जनौँ ड्रोन प्रहार गरिएको छ । यसका कारण राजधानीभित्र र बाहिर उडानहरूमा अवरोध सिर्जना गरिएको छ । बुधबार बिहानसम्म सयौं युक्रेनी ड्रोनहरू रूसमा प्रवेश गरेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

रुसको रक्षा मन्त्रालयले आफ्नो सेनाले पछिल्लो चरणको लामो दूरीको आक्रमणका क्रममा राजधानी मस्कोसहित १२ क्षेत्रहरूमा २९६ युक्रेनी ड्रोनहरू खसालेको बताएको छ ।

‘यस क्षेत्रमा कम्तिमा ४२ वटा ड्रोन खसालिएको छ’ मस्कोका गभर्नर आन्द्रेई भोरोब्योभले टेलिग्राममा भने । उनले राजधानीबाट लगभग ४० माइल दक्षिणमा रहेको चेखोभ शहरका तीन वटा घरहरूमा क्षति पुगेको बताए ।

राजधानीका चार अन्तर्राष्ट्रिय विमानस्थलहरू मध्ये एक – मस्कोको शेरेमेत्येभो अन्तर्राष्ट्रिय विमानस्थलले पनि पछिल्लो ड्रोन आक्रमणको समयमा लगाइएको उडान प्रतिबन्धका कारण यात्रुहरूलाई ढिलाइ हुने चेतावनी दिएको छ ।

केही सातादेखि मस्कोका विमानस्थलहरूमा नियमित अवरोधहरू देखिएका छन् ।

युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्को एउटा अंग रूपमा कार्यरत काउन्टर–डिसइन्फर्मेसन सेन्टरका प्रमुख एन्ड्री कोभालेन्कोले टेलिग्राममा भने– मंगलबार राति भएको आक्रमणमा ‘केही राम्रा हिटहरू’ भए ।

कोभालेन्कोले भने, ‘मस्कोबाट लगभग ७० माइल उत्तरमा रहेको दुबना शहरमा रहेको उड्डयन, क्षेप्यास्त्र र ड्रोन प्रविधिको उत्पादनमा संलग्न दुबना मेसिन–बिल्डिङ प्लान्टलाई लक्षित गरिएको थियो ।

कोभालेन्कोले भने – ‘माइक्रोइलेक्ट्रोनिक्स, आईटी, रोबोटिक्स र चिकित्सा उपकरणहरूको विकास गर्ने टेक्नोपार्क ईएलएमए–जेलेनोग्राड फेसिलिटीलाई पनि लक्षित गरिएको थियो । ‘यो फेसिलिटी पश्चिमबाट आयात गरिएका महत्वपूर्ण घटकहरूको आयात प्रतिस्थापन गर्ने केन्द्रहरू मध्ये एक हो ।’ कोभालेन्कोले भनेका छन् ।

फेसिलिटीमा सफल आक्रमण गरिएको भन्ने कोभालेन्कोको दाबीलाई पुष्टि गर्न नसकिएको एबीसी न्यूजले उल्लेख गरेको छ ।

रसियाले रातभर युक्रेनमा आफ्नै लामो दूरीको आक्रमण जारी राख्यो । युक्रेनको वायुसेनाले मस्कोले देशमा छ वटा क्षेप्यास्त्र र ८८ वटा स्ट्राइक ड्रोन प्रहार गरेको बताएको छ । जसमध्ये ७१ ड्रोनलाई गोली हानेर खसालिएको वा निष्क्रिय पारिएको छ । वायुसेनाले आठ स्थानहरूमा प्रभाव रेकर्ड गरेको बताएको छ ।

जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा पुनरागमनपछि दुवै पक्षबाट आक्रमणको तीव्रता बढेको छ । राष्ट्रपतिले २४ घण्टामा रूसको युद्ध समाप्त गर्ने वाचा गरेका थिए । ट्रम्पले त्यो वाचा पूरा गरेका छैनन् र यी साताहरूमा अमेरिकाको नेतृत्वमा युद्धविराम प्रयासहरूको निरन्तर असफलताले निराशा बढ्दै गएको देखिन्छ ।

आइतबारको सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले पुटिनलाई ‘बिल्कुल पागल’ भने । मंगलबार ‘ऊ आगोसँग खेलिरहेको छ !’ भन्दै टिप्पणी गरे । ट्रम्पले आफू नभएको भए रुसमा निक्कै नै नराम्रो भइसकेको हुने पनि उल्लेख गरेका थिए ।

रुसले आफ्नो तर्फबाट शान्ति ज्ञापन–पत्र बुझाउने प्रतीक्षामा छन्, अमेरिका र युक्रेन । पुटिनले यस महिनाको सुरुमा दुई नेताहरू बीचमा भएको फोन वार्तामा ट्रम्पलाई ज्ञापन–पत्र बुझाउने वाचा गरेका थिए । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले मस्को अझै पनि दस्तावेजमा काम गरिरहेको मंगलबार जानकारी दिएकी छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी प्रस्तावमाथि शंका व्यक्त गरेका छन् । ‘उनीहरूले यसमा एक हप्ताभन्दा बढी समय बिताइसकेका छन्,’ उनले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘तिनीहरू कूटनीतिको बारेमा धेरै कुरा गर्छन्, तर जब, ती सबैको बीचमा, निरन्तर रुसी हमलाहरू, निरन्तर हत्याहरू, निरन्तर आक्रमणहरू, र नयाँ आक्रमणहरूको तयारीहरू पनि हुन्छन् ।’

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ३ : ०४ बजे

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन