महेश बर्तौलाको तर्क- प्रतिपक्षीहरूले गृहमन्त्रीलाई बोल्न नदिएर असंसदीय चरित्र देखाए « Khabarhub

महेश बर्तौलाको तर्क- प्रतिपक्षीहरूले गृहमन्त्रीलाई बोल्न नदिएर असंसदीय चरित्र देखाए


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षीले असंसदीय र गैरराजनीतिक व्यवहार देखाएको आरोप लगाएका छन् ।

बुधबार संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई सदनमा बोल्न नदिएर प्रतिपक्षीले असंसदीय र गैरराजनीतिक व्यवहार देखाएको बताएका हुन् ।

उनले आफूमाथि लागेको आरोपका सन्दर्भमा गृहमन्त्रीले सदनमा आफ्नो धारणा राख्न पाउनुपर्ने जिकिर पनि गरेका छन् ।

बर्तौलाले सरकारलाई रोस्टर्ममा पुग्नका लागि नाकाबन्दी लगाउने प्रतिपक्षीको कार्यशैली दु:खद रहेको भन्दै त्यो स्वीकार्य नहुने पनि बताए ।

उनले सत्तापक्षका सांसदहरूलाई समेत जनसरोकारका मुद्दामा बोल्न नदिनु उचित नभएको भनाइ राखेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ३ : २४ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ