बजेट आउने अघिल्लो दिन १७ अंकले बढ्यो नेप्से  « Khabarhub

बजेट आउने अघिल्लो दिन १७ अंकले बढ्यो नेप्से 


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि भोलि बिहीबार (जेठ १५ गते) ल्याउँदै छ । त्यसको अघिल्लो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । 

नयाँ गभर्नर नियुक्ति पछि पनि राम्रो अंकले बढ्न नसकेको शेयर बजारमा बजेट आउने अघिल्लो दिन भने नेप्से १७.४४ अंकले बढेको छ । आज नेप्से ०.६५ प्रतिशतले बढेर २६९३ विन्दुमा पुगेको छ । 

नेप्सेको वृद्धिसहित कारोबार रकम पनि बढेको छ । आज दिनभरमा ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर कारोबार भएको छ । 

आज दिनभरमा १४८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
 
दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ७७ हजार ३१६ पटक शेयर किनबेच भएको छ । 

१३ वटा समूहमध्ये ९ समूह बढेको छ भने बाँकी ४ समूह घटेको छ । आज सबैभन्दा बढी वाणिज्य बैंक समूह बढेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ४ : ०८ बजे

निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

काठमाडौं – फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अब चार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल फागुन १७ गते आइतबार फागुन

आज २०८२ साल फागुन १७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १७ गते आइतबार फागुन

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन