प्रहरीले भेट्टाएन राजेश अहिराज, जाहेरी फिर्ता लिन धम्की « Khabarhub

प्रहरीले भेट्टाएन राजेश अहिराज, जाहेरी फिर्ता लिन धम्की


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ यतिबेला फरार छन् । प्रहरीले गत फागुनदेखि नै अहिराजको खोजी गरिरहे पनि अहिलेसम्म फेला पार्न सकेको छैन ।

जिल्ला प्रहरी परिसरमा गत फागुन ३ गते जबरजस्ती करणीको उजुरी परेपछि अहिराज फरार भएका हुन् । झाविरुद्ध परिवर्तित नाम २६ परिसर ३२ (०८१–०८२) ले जबरजस्ती करणी आरोपमा जाहेरी दिएकी थिइन् ।

अहिराजले एक नाबालिगलाई १७ वर्षको उमेरबाटै शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप छ । उनी अहिले २० वर्ष कटेकी छिन् । उनले केही महिना पहिले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा अडियो र सीसी क्यामेरा फुटेजहरुसहित जाहेरी दिएकी छिन् ।

फरार रहेका झा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा ०७७ फागुन ७ गते मधेस प्रदेशको प्रमुख बनेका थिए । झा आफूलाई राष्ट्रवादी र मधेसवादी अभियन्ताका रुपमा चिनाउँछन् । निरन्तर सामाजिक सञ्जालमा सक्रिय हुने अहिराज अहिले मौन एवं अदृश्य छन् ।

हाल फरार रहेका झाले आफ्ना निकटस्थहरु मार्फत आफूलाई कहिले पैसाको प्रलोभन देखाउने त कहिले धम्की दिने कार्य गरिरहेको पीडितका आफन्त बताउँछन् । पीडित किशोरीका आफन्तले भने, ‘दोषीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्नै सकेको छैन, यता पीडितले चाहिँ ज्यान मार्ने धम्कीको सामना गरेर त्रासमा बाँच्नु परिरहेको छ ।’

आफ्नो ज्यान असुरक्षित रहेको भन्दै पीडित किशोरी पटक–पटक जिल्ला परिसर काठमाडौँमा धाइरहेकी छिन् । पीडितलाई उधृत गर्दै स्रोतले भन्यो, ‘राजेश झा ‘अहिराज’ विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको सबैलाई अवगत नै छ, पहिले उजुरी दर्ता हुनै समय लाग्यो । पक्राउ पुर्जी जारी भएपछि केही राहत मिलेको थियो तर दुई महिना बित्दा पनि प्रहरीले पक्राउ गर्न सकेन ।’

अहिराज फरार रहेको भनिए पनि उनले आफ्ना मान्छेहरु लगाएर पीडितलाई सुरुमा फकाउने प्रयास गरेको स्रोतको भनाइ छ । ‘भोलि तिमी विवाह भएर जानुपर्छ, तिम्रो जीवन सहज हुँदैन । मुद्दा फिर्ता लेऊ’ अहिराजको प्रस्ताव सुनाउँदै पीडितका आफन्त भन्छन्, ‘डिप्रेसनको औषधी खाइरहेकी छु, मानसिक स्थिति ठीक नभएका बेलामा उजुरी गरेँ । मैले गल्ती गरे, भनेर उजुरी फिर्ता लेऊ ।’

कहिले २० लाख रुपैयाँ दिने आश्वासन दिएको र पनि ६५ लाखसम्मको प्रस्ताव गरेको पीडितको भनाइ छ । पीडित किशोरीका आफन्त भन्छन्, ‘पीडितले मुद्दा फिर्ता लिन नमानेपछि पत्रकारसमेत लगाएर धम्की दिन थालियो । म फलानो मिडियाको पत्रकार हुँ, उसलाई हनीट्रयापको समाचार लेखेर फसाइदिउँ ? भनेर धम्क्याए । पछिल्लो समय त ज्यानै मार्ने धम्की आएको छ ।

जिल्ला परिसर काठमाडौँका एसपी एवम् प्रवक्ता अपीलराज बोहोराले अहिराजलाई प्राथमिकतामै राखेर खोजिरहेको जवाफ दिएका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ४ : ४७ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि