गभर्नर नियुक्ति विरुद्धको रिटमा कारण देखाऊ आदेश | Khabarhub Khabarhub

गभर्नर नियुक्ति विरुद्धको रिटमा कारण देखाऊ आदेश


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कका गभर्नरमा डा. विश्वनाथ पौडेललाई गरेको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । साथै, दुबै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको छ ।


न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले गभर्नर नियुक्ति प्रकरणमा कारण देखाऊ आदेश जारी गरेको हो । पौडेलको नियुक्ति बदर माग गर्दै अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलले सर्वोच्चमा मङ्गलबार रिट दायर गरेका थिए ।

दायर रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नर नियुक्ति गरिएको दाबी छ ।

प्रमुख सत्तारूढ नेपाली काङ्ग्रेस र नेकपा (एमाले)ले राजनीतिक भागबण्डाका आधारमा पौडेललाई जेठ ६ गते केन्द्रीय बैङ्कमा गभर्नर नियुक्त गरेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ५९ बजे

गोंगबु बसपार्कमा गाउँ फर्कनेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– महान चाड दशैं आँगनमै आइसकेको छ । यतिबेला काठमाडौं

प्रेमलाई विवाहमा परिणत गरे नायक सविन र नायिका अनुले

काठमाडौं – नायक सविन श्रेष्ठ र नायिका अनु शाहले विवाह

‘राष्ट्रको भौगोलिक अखण्डता र सार्वभौमसत्ता संकटमा’

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले अहिले राष्ट्रियता, भौगोलिक

‘आँबाट आमा’को छायाङ्कन सकेलगत्तै चन्द्रले अर्को फिल्ममा लिए पललाई

काठमाडौं – निर्देशक चन्द्र पन्तले फिल्म ‘आँबाट आमा’को छायाङ्कन सम्पन्न

माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान

पोखरा– मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ