आज २०८२ साल असार १४ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल असार १४ गते शनिबारको राशिफल


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ जुन २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। साना कुराले व्यवहारमा अवरोध गर्नेछन्। मनमा चिन्ता बढ्नेछ। व्यापारमा गरेको लगानी डुब्ने जोखिम छ। राजनीति र स्वास्थ्यको क्षेत्रमा भने सुधारका संकेत देखिनेछन्।

वृष : दिन सामान्य राम्रो छ। काम सफल बन्नेछ। बोलीमा मधुरता आवश्यक देखिन्छ। तपाईंको कामको प्रशंसा हुनेछ। स्वदेशमा भन्दा लगानी गरेको भए विदेशमा फाइदा हुनेछ।

मिथुन : दिन धेरै राम्रो छ। योजना सफल बन्नेछ। राज्यको माथिल्लो निकायमा नियुक्तिको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने अवसर मिल्नेछ।

कर्कट : आज दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त होला। सम्पत्ति खर्च भए पनि तपाईंको चर्चा बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

सिंह : दिन सामान्य छ। शनिका प्रभावले मन अशान्त बन्नेछ। आफूभन्दा ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। अनावश्यक खर्च बढेर परिवारमा बोझ थपिने जोखिम छ।

कन्या : दिन राम्रो छ। आम्दानी बढ्नेछ। तपाईंको विदेश जाने योजना भए आज नहिड्नु राम्रो हुनेछ। स्वदेशमा लगानीका सम्भावना भेटिने छन्। परिवारको साथ लिएर गरेको काम सफल बन्नेछ।

तुला : दिन राम्रो छ। परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ। गुरुसँग संगत बढ्नेछ। कलाको क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा भने ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी प्रयासले सफलता प्राप्त गर्नेछ। परिवारको छायामा दिन बित्नेछ। ठुला व्यक्तिसँगको संगतले महत्त्वपूर्णा काम बन्नेछ।

धनु : दिन सामान्य छ। हरेक काममा अवरोध देखिने छ। स्वास्थ्यमा समस्या हुनेछ। मन अशान्त बन्नेछ। परिवाको साथ र सहयोग प्राप्त हुनेछ। व्यापारमा भन्दा राजनीतिक क्षेत्रमा तपाईंको नाम चल्ने छ।

मकर : परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। यात्रामा अनावश्यक खर्च बढ्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले सताउने छ। बौद्धिक व्यक्तिसँगको भेटले प्रगति हुनेछ। ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

मीन : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। मध्य साढेसातीका कारण बोल्दा सोच्नुपर्ने हुनसक्छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा गरेको काम सफल बन्नेछ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ०२ बजे

भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो

काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन

टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं – नेपाली क्रिकेट टोली आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक

खेरसोनमा राष्ट्रसङ्घको सहायता टोलीमाथि रूसी आक्रमण

किभ, युक्रेन – युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन

पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा

म्याग्दी – गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त