साताको कार्टुन : बजेट बाँड्दै ‘बा’हरू « Khabarhub

साताको कार्टुन : बजेट बाँड्दै ‘बा’हरू


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि गत महिना (जेठ) को १५ गते संसद्‌मा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको अनुमानित बजेट पेश गरे । प्रतिनिधि सभाले गत मङ्गलबार उक्त बजेट पारित गरी राष्ट्रिय सभामा पठाइसकेको छ ।

जेठ १५ अघिसम्म अर्थमन्त्री पौडेल यथार्थपरक, कार्यान्वयनयोग्य र सन्तुलित बजेट ल्याउने बताउँदै थिए । तर, जब बजेट सार्वजनिक भयो – प्रमुख पार्टीका ‘बा’हरूको नाममा स्रोत खन्याइएको थाहा भयो । बजेट बाँडबाँडमा राष्ट्रिय सन्तुलन होइन, सत्तापक्ष र प्रतिपक्षी नेताहरूबीच नै भागबण्डा सन्तुलन मिलाइएको देखियो । प्राथमिकताको सिद्धान्तमा पनि उनै ‘बा’हरू परे ।

शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता स्व. गणेशमान सिंहको नाम जोडेर स्मृति भवन लगायत पूर्वाधार निर्माण गर्न भन्दै ७८ करोड रुपैयाँ बजेट छरेका छन्‌ । कतै पार्टीका भ्रातृसङ्गठनको भवन बनाउन घुमाउरो पाराले बजेट छुट्याएका छन्‌ त कतै निकट सांसद्‌ र व्यक्तिहरूको मागअनुसार केही लाख रुपैयाँ लागतकै आयोजना पनि सङ्घीय बजेटमा छिराइदिएका छन्‌ ।

भौतिक पूर्वाधार मन्त्रालयले त प्रमुख सत्ताघटक नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा बजेट खन्याउन विशेष शीर्षक नै राखेर एक अर्ब १७ करोड रुपैयाँ खन्याइदिएको छ । ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमक–गौरादह–गौरीगञ्ज लिङ्क कार्यक्रमका लागि ६९ करोड र देउवाको निर्वाचन क्षेत्र डडेलधुराका लागि ४८ करोड रुपैयाँ विनियोजन भएको छ ।

सत्तापक्ष होस्‌ या प्रतिपक्षी; मुलुकको बजेटको ठूलो हिस्सा आफ्नो निर्वाचन क्षेत्रमा खन्याइ चुनावी जीत सुनिश्चित गर्न पार्टी प्रमुख र नेताहरूले कुनै कसर बाँकी राख्ने गरेका छैनन् । उमेरको नेटो काटेका यी ‘बा’हरूले बजेटमा गरेको बिज्याइँले सन्तुलित विकास अवधारणालाई नै विफल बनाइरहेको छ । अझ; देहान्त भइरहेका नेताका नाममा समेत बजेट दोहन गर्ने प्रवृत्ति यथावत्‌ छ ।

प्रस्तुत कार्टुनमा बजेटमाथि ‘बा’हरूको यस्तै हालीमुहालीलाई व्यङ्ग्य गर्न खोजिएको हो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : ०३ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न