गायिकाद्वय समीक्षा र एलिनाको अभियानमा प्रधानमन्त्री ओलीको साथ « Khabarhub

गायिकाद्वय समीक्षा र एलिनाको अभियानमा प्रधानमन्त्री ओलीको साथ


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गालीगलौज र परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्ने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा आफू राम्रो देखिन अरुको दोष खोजेर गरिने गाली, परपीडक प्रवृत्तिविरुद्ध गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीको अभियानको प्रशंसा गर्दै त्यस्ता व्यक्तिलाई सार्वजनिक गरिदिने तरिका सही लागेको बताएका छन् ।

समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको भन्दै ओलीले राम्रो गर्न खोज्नेले हिम्मत हार्न नहुने बताए ।

उनले लेखेका छन्– ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ । समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।’

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ८ : ५८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै