महिलाहरूलाई उद्यमी बनाउन सीप विकास केन्द्र निर्माण « Khabarhub

महिलाहरूलाई उद्यमी बनाउन सीप विकास केन्द्र निर्माण


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा– ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप सिकाएर उद्यमशीलता बनाउने लक्ष्यका साथ मेचीनगर नगरपालिकाले महिला सीप विकास केन्द्रको निर्माण गरेको छ ।

सङ्घीय सरकार, प्रदेश सरकार र पालिकाको तीन करोड ५० लाख रुपैयाँको लागतमा केन्द्रको निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

मेचीनगर नगरपालिकाभित्रका विपन्न, सीमान्तकृत, लोपोन्मुख, उत्पीडित र ग्रामीण क्षेत्रका महिलालाई सीप सिकाएर व्यावसायिक बनाउने उद्देश्य लिएर भवन निर्माण गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताइन् ।

मेचीनगर–८ मा निर्माण भएको भवन नगर गौरवका योजनामध्येको एक रहेको उनको भनाइ छ । उनले सीप केन्द्रमा महिलाहरूले उत्पादन गरेका सामग्री बजारीकरणमा नगरपालिकाले नै सहकार्य गर्ने बताए । उद्यमी बन्न चाहने महिलाहरूका लागि यो तालिम केन्द्र उपलब्धीमूलक हुने उपप्रमुख उप्रेतीको भनाइ छ ।

नगरपालिकाको गौरवको योजनाअन्तर्गत २०७४ सालदेखि भवन निर्माणका लागि सुरु भएको तालिम केन्द्र यसपटक सम्पन्न भएको हो । केन्द्रमा ज्येष्ठ नागरिक महिलाहरूलाई पातको दुनाटपरी, लाखबत्तीलगायतका विभिन्न सीपमूलक तालिम सिकाउने तथा त्यसको बिक्री वितरण गर्ने नगरपालिकाको लक्ष्य छ ।

यस्तै, महिलाहरूको लागि कम्प्युटर तालिम, आयआर्जनका विभिन्न सीपमूलक तालिम मायाको चिनो, सजावटका सामान, ब्याग, फूलदानी, ढाका बुन्नेलगायतका तालिम प्रदान गर्दै महिलाहरू आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको छ ।

नगरपालिकाले ढाका बुन्ने तीन महिने तालिमको सुरुवात गरिसकेको छ । (रासस)

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १० : ४३ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु