प्रधानमन्त्रीले सम्बोधन गर्ने आजको बैठक पनि अवरोध गर्ने रास्वपाको निर्णय « Khabarhub

प्रधानमन्त्रीले सम्बोधन गर्ने आजको बैठक पनि अवरोध गर्ने रास्वपाको निर्णय


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आज (शनिबार) पनि अवरोध गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभाको बैठकमा अवरोध कायम राख्ने निर्णय गरेको हो ।

‘सदन अवरुद्ध नै हुन्छ । हाम्रो आन्दोलन जारी नै छ । झारा टार्ने समिति मानेका छैनौँ,’ बैठकपछि सांसद हरि ढकालले भने, ‘भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म आन्दोलन जारी रहन्छ ।’

शनिबारको संसद बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । तर, रास्वपाले प्रधानमन्त्रीको सम्बोधनका क्रममा पनि आफ्नो आन्दोलन जारी रहने बताएको छ ।

प्रधानमन्त्रीले बोलेको त सुन्नु होला नि ? भन्ने पत्रकारको जिज्ञासामा सांसद ढकालले भने, ‘प्रधानमन्त्री बोल्नुहुन्छ । हाम्रो आन्दोलन पनि सँगै हुन्छ ।’

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ११ : ३२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र