सभामुख र दलका प्रमुख सचेतकबीच छलफल « Khabarhub

सभामुख र दलका प्रमुख सचेतकबीच छलफल


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ ।

संघीय संसद भवन नयाँबानेश्वरस्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।

शनिबारको संसद् बैठक अघि सभामुखले सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।

छलफलमा कांग्रेस सचेतक सुशीला थिङ, एमालेका महेश बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार सहभागी थिए । यस्तै, उपसभामुख इन्दिरा रानाको पनि उपस्थिति थियो ।

बैठकमा रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म अवरोध जारी राख्ने अडान लिएको छ ।

शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ११ : ५८ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै