रविको रिहाइका लागि राउटे मुखियाको ल्याप्चे « Khabarhub

रविको रिहाइका लागि राउटे मुखियाको ल्याप्चे


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको रिहाइका लागि संकलन भइरहेको हस्ताक्षरमा राउटे समुदायका नागरिकलाई पनि हस्ताक्षर (ल्याप्चे) गर्न लगाएको छ । 

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा शनिबार आयोजित हस्ताक्षर अभियानका क्रममा पुगेका तीन जना राउटेलाई रास्वपाका नेता–कार्यकर्ताहरूलाई हस्ताक्षरका लागि तयार पारिएको कागजमा ल्याप्चे गर्न लगाएका हुन् । 

राउटेहरूले ल्याप्चे लगाउँदै गरेको तस्बिर रास्वपाको केन्द्रीय विज्ञान, सूचना तथा प्रविधि विभागका केन्द्रीय सदस्य ज्ञानेन्द्र महताले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । तस्बिरमा उनी राउटेलाई हस्ताक्षर संकलन फारममा ल्याप्चे लगाउन सघाइरहेको देखिन्छन् । 

आर्थिक सहयोग माग्न महेन्द्रनगर पुगेका राउटे मुखिया प्रकाश शाही, प्रेम शाही र खगेन्द्र शाहीले रास्वपाको हस्ताक्षर अभियानमा ल्याप्चे गरेको महताले जानकारी दिए ।

 ‘के पर्वका लागि यता आउनुभएको थियो । हामी मदन चोकमा हस्ताक्षर संकलन गरिरहेका थियौँ,’ उनले खबरहबसँग भने, ‘रवि लामिछानेको तस्बिर देखेपछि हामी पनि गर्छौं भनेर आउनुभएको हो । ल्याप्चे लगाउनुभयो ।’

सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोपमा रास्वपा देशभित्र र बाहिर हस्ताक्षर संकलन गरिरहेको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १२ : ५३ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका