भक्तपुरका जुजु धौ व्यवसायीलाई भ्याइनभ्याइ (तस्बिरहरू)  « Khabarhub

भक्तपुरका जुजु धौ व्यवसायीलाई भ्याइनभ्याइ (तस्बिरहरू) 


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– आइतबार (भोलि) मनाइने धान दिवस र दही चिउरा खाने दिनको लागि भक्तपुरको जुजु धौको माग बढेको छ । अहिले भक्तपुरका जुजु धौ व्यवसायीलाई धौ बनाउन व्यस्त देखिएका छन् । दूध उमाल्न र जुजु धौ बनाउन मै उनीहरूको दैनिकी अहिले झन् व्यस्त भइरहेको छ ।

भक्तपुरको एसएस जुजु धौकी सञ्चालिका रिना सुवाल र उनको उद्योगमा कार्यरत अन्य ५ जना जुजु धौ बनाउन मै व्यस्त छन् ।

‘मानिसहरूमा जुजु धौको स्वादले पारेको प्रभावका कारण नै डिमान्ड बढेको छ । अहिले हामीले दिनको २० देखि २५ क्यान दूधबाट जुजु धौ बनाउँछौं । अरु बेला १५ क्यान दूध प्रयोग हुने गर्थ्यो । एक क्यानमा ४० लिटर दूध हुन्छ । त्यसलाई हामी परिक्षण गरेर फ्याट कति छ भन्ने यकिन गरेर ८५ डिग्रीमा उमालेर अनि फेरी डेक्चीमा एक घण्टा पकाएपछि मात्रै सेलाउन हाल्छौँ,’ सुवालले भनिन् ।

नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । भक्तपुरमा पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायी छन् । 

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : ०५ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको