सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह « Khabarhub

सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी गतिविधि नगर्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले सार्वजनिक स्थानमा होहल्ला, जुलुस, भीडभाड, मदिरा सेवन तथा बिक्रीवितरण, जबर्जस्ती रङ दल्ने, फोहर पानी छ्याप्नेजस्ता कार्य गर्नेमाथि प्रचलित कानुनअनुसार कारबाही हुने बताए ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ को दफा १३(घ) अनुसार जुलुस वा आमसभामा सहभागी हुने तथा प्रचारप्रसारमा संलग्न व्यक्तिले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नअङ्कित लोगो, स्टिकर, टिसर्ट, टोपी, झोला, गम्छालगायत सामग्री प्रयोग गर्न नपाइने व्यवस्था रहेको उनले उल्लेख गरे ।

सोही प्रावधानअनुसार होलीका अवसरमा निर्वाचन चिह्न वा उम्मेदवारको तस्बिर अङ्कित सामग्री प्रयोग गरेमा पनि कारबाही गरिने जनाइएको छ ।

धार्मिक तथा सांस्कृतिक पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह गरिएको छ । अरूको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, पानी छ्याप्ने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने कार्य नगर्न सचेत गराइएको छ ।

कानुनविपरीतका गतिविधि भए प्रचलित कानुन र आचारसंहिताअनुसार कडा कदम चालिने प्रशासनले स्पष्ट पारेको छ । शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार ढङ्गले पर्व मनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : ३२ बजे

शिर निहुर्‍याएर विदेशिएका देउवा रुफटपमा फर्किए ! 

काठमाडौं– गत फागुन १३ गते गोप्य रूपमा उपचारका लागि सिंगापुरतिर

र्‍याडिसन होटलमा सरकारको स्टन्ट, विभागकै अधिकारी भन्छन्- ७० वटा सिलिण्डर चुल्होमै जोडिएका थिए

काठमाडौं– उद्योग मन्त्रालय अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले होटेल

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी

किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा