भारतमा छोरी मारिइन्, राहत रकम आफन्तले लुटे « Khabarhub

भारतमा छोरी मारिइन्, राहत रकम आफन्तले लुटे


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – छोरीको हत्या भएपछि राहतवापत् भारत सरकारले प्रदान गरेको रकमसमेत आफन्तले लुटेपछि कालिकोटस्थित नरहरिनाथ गाउँपालिका–४ का दीपेन्द्र सहकारी थप पीडामा परेका छन् ।

मृतक बालिकाका बाबु दीपेन्द्रले पाएको राहत रकम बुझेर कालिकोट नरहरिनाथ गाउँपालिका–३ का रणबहादुर बुढा (राजेन्द्र) र चितवन घर भएकी तारा क्षेत्री फरार भएका हुन् । पीडितहरू यतिखेर भारतमै छन् ।

बालिकालाई भारतको बिहारका अभिषेक कुमारले निर्माणाधीन भवनभित्र यौन दुर्व्यवहार गरी हत्या गरेको थियो । राहतबापत पीडित परिवारलाई भारत सरकारले सात लाख भारु (नेपाली ११ लाख २० हजार रुपैयाँ) उपलब्ध गराएको थियो ।

भारत सरकारले दिएको राहत रकम बुझ्न पीडित परिवारसँग भारतीय बैङ्क तथा वित्तीय संस्थामा खाता थिएन । त्यही अप्ठेरोमा मौका छोप्दै राजेन्द्र र ताराले ‘नेपाल गएर बैङ्कमा खाता खोल्नुपर्छ’ भने ।

उनीहरूले दीपेन्द्रकी पत्नी सुशीला कुँवरलाई खाता खोल्ने भन्दै नेपालको कालीकोटसम्म ल्याइपुर्‍याएको थाहा भएको पीडितनिकट सन्तोष महताराले खबरहबलाई बताए ।

तर, कालीकोट आइपुगेपछि राजेन्द्र र ताराले सुशीलालाई ‘उतै (भारत)मा काम बन्ने भयो, यता खाता खोल्नुपर्दैन’ भनी भारत नै फर्काएका थिए । भारत पुगेपछि आफूहरूको नाममा चेक काट्ने र सोही चेक साटेर रकम उपलब्ध गराउने योजना सुनाए ।

पीडितका आफन्तका अनुसार; सोही योजनाअनुसार राजेन्द्र र ताराले राजेन्द्र बुढा मृतक बालिकाको ठूलोबुबा भएको भनी कीर्ते कागजात बनाएको बुझिएको छ ।

रकम लिई फरार भएका आरोपित नरहरिनाथ गाउँपालिका–३ का रणबहादुर बुढा (राजेन्द्र) र चितवन घर भएकी तारा क्षेत्री ।

सजिलै रकम आउने भनेपछि आफूले सोहीअनुसार गरेको र अहिले उक्त राहत रकम लिएर उनीहरू फरार रहेको दीपेन्द्रले बताए । महताराका अनुसार; कालीकोट आइपुगेर राजेन्द्रले आफ्नै नाममा खाता खोलेको सुनिएको छ ।

‘छोरी पनि रहिनन्, पाएको राहत रकम पनि आफन्तले नै लुटेर लगे’, दीपेन्द्रले भने । पैसा माग्दा गुण्डा लगाएर मार्ने धम्की दिने गरेको पनि दीपेन्द्रले बताएका छन्‌ ।

‘भारतमा काम गरेर खाउँला भनेर आएको हुँ,’ उनले भने, ‘तर, भारतमा आएर छोरी गुमाएँ । पाएको राहत पनि आफन्त भनाउँदाले लुटे ।’

राहत रकम लुटेर भागेका आफन्तले दीपेन्द्रलाई नै मार्ने धम्की दिँदै आएको बालिकाकी आमा सुशीला कुवँरले बताइन् ।

‘हामी काम गरेर खाने मान्छेलाई जता पनि लुट्दा रहेछन्,’ उनले भनिन्, ‘छोरीलाई पापीले मार्‍यो । भारत सरकारले दिएको राहत रकम पनि नेपाली भनाउँदा दाजुभाइले लुटे ।’

जेलमा रहेको अभियुक्तलाई राममूर्ति नगर प्रहरीले यौन अपराधबाट बालबालिकाको संरक्षण (पोक्सो) ऐन र भारतीय न्याय संहिता (बीएनएस) को सम्बन्धित धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  २ : ५६ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका