सभागृहमा सुरु भयो जबजका तीन दशक राष्ट्रिय गोष्ठी, पूर्वराष्ट्रपतिले राजनीतिक पुनरागमनको घोषणा गर्ने « Khabarhub

सभागृहमा सुरु भयो जबजका तीन दशक राष्ट्रिय गोष्ठी, पूर्वराष्ट्रपतिले राजनीतिक पुनरागमनको घोषणा गर्ने


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४औं स्मृति दिवसका अवसरमा काठमाडौंस्थित राष्ट्रिय सभागृहमा जबजका तीन दशक राष्ट्रिय गोष्ठीको सुरुवात भएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको तस्बिरमा पूष्पगुच्छा अर्पण गरी गोष्ठीको उद्घाटन गरेकी छन् । यो गोष्ठीलाई नेपाली राजनीतिमा महत्वपूर्ण रुपमा हेरिएको छ । पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा पुनरागमनको उद्घोष गर्ने कार्यक्रमका रुपमा गोष्ठीलाई हेरिएको छ ।

गोष्ठीमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति रहेको छ । उनले मदन भण्डारीको तस्बिरमा माल्यार्पण गरेका छन् । उनलाई मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष तथा मदन भण्डारीपुत्री उषाकिरण भण्डारीले स्वागत गरेकी छन् । गोष्ठीमा ‘जनताको बहुदलीय जनवाद राष्ट्र निर्माणको आधार’ विषयक परिचर्चा र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरणको औपचारिक कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  २ : ४० बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली