सभागृहमा सुरु भयो जबजका तीन दशक राष्ट्रिय गोष्ठी, पूर्वराष्ट्रपतिले राजनीतिक पुनरागमनको घोषणा गर्ने « Khabarhub

सभागृहमा सुरु भयो जबजका तीन दशक राष्ट्रिय गोष्ठी, पूर्वराष्ट्रपतिले राजनीतिक पुनरागमनको घोषणा गर्ने


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४औं स्मृति दिवसका अवसरमा काठमाडौंस्थित राष्ट्रिय सभागृहमा जबजका तीन दशक राष्ट्रिय गोष्ठीको सुरुवात भएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको तस्बिरमा पूष्पगुच्छा अर्पण गरी गोष्ठीको उद्घाटन गरेकी छन् । यो गोष्ठीलाई नेपाली राजनीतिमा महत्वपूर्ण रुपमा हेरिएको छ । पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा पुनरागमनको उद्घोष गर्ने कार्यक्रमका रुपमा गोष्ठीलाई हेरिएको छ ।

गोष्ठीमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति रहेको छ । उनले मदन भण्डारीको तस्बिरमा माल्यार्पण गरेका छन् । उनलाई मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष तथा मदन भण्डारीपुत्री उषाकिरण भण्डारीले स्वागत गरेकी छन् । गोष्ठीमा ‘जनताको बहुदलीय जनवाद राष्ट्र निर्माणको आधार’ विषयक परिचर्चा र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरणको औपचारिक कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  २ : ४० बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा