'मदन भण्डारी फाउण्डेशनलाई ‘कन्स्पिरेसी थ्योरी’ बनाउन आवश्यक छैन' | Khabarhub Khabarhub

‘मदन भण्डारी फाउण्डेशनलाई ‘कन्स्पिरेसी थ्योरी’ बनाउन आवश्यक छैन’


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मदन भण्डारी फाउन्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले मदन भण्डारी फाउण्डेशन कुनै षडयन्त्रको सिद्धान्त नभएको बताएकी छन् । उनले फाउण्डेशन स्थापनालाई कन्स्पिरेसी थ्योरीका बनाउन आवश्यक नरहेको बताइन् ।

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष भण्डारीले मदन भण्डारीका सपनालाई अगाडि बढाउने एउटा प्रयत्न मात्र भएको बताइन् ।

‘४१ औं जन्मदिन देख्न नपाउँदै उहाँ अप्रत्याशित रुपमा हामीलाई छोडेर जानुभयो । त्यसपछि हिम्मत गरेर छरिएका जीवन र सपनालाई फेरि एकचोटि सङ्गालेर हामीले अघि बढ्ने प्रयत्न गर्‍यौं । यही प्रयत्न मध्ये एउटा प्रयत्न हो मदन भण्डारी फाउण्डेशनको स्थापना,’ अध्यक्ष भण्डारीले भनिन्, ‘कलिलो वा युवा उमेरमा जीवन गुमाएका दिवंगतहरूको पूरा नभएको सपना पूरा गर्नुपर्छ बाँचेकाले भन्ने मान्यता हाम्रो संस्कृतिमा छ । यो फाउण्डेशन स्थापना हुनु कुनै अनौठो वा अस्वभाविक कुरा होइन । यसलाई कन्स्पिरेसी थ्योरी बनाउन आवश्यक छैन । त्यस्ता कन्स्पिरेसी थ्योरी जति उडे पनि त्यसबाट विचलित नभई हामी अभियानमा लाग्नेहरु सदा लागिरहन्छौं ।’

उनले जबजलाई प्राज्ञिक अध्ययनको विषयसमेत बनाउन त्रिभुवन विश्वविद्यालयका ११ विभागसँग स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा जबजबारे अनुसन्धान गर्ने विद्यार्थील छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको बताइन् । उनले मार्क्सवादको आधुनिक सिर्जनात्मक प्रयोगमा आधारित जबजलाई प्राज्ञिक अध्ययनको विषय बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्न देशव्यापी बहस चलाउने बताइन्

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : १३ बजे

इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

एजेन्सी – इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा

मोरङमा जंगली हात्तीको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु

बेलबारी– मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५

नहरमा डुबेर एक जनाको मृत्यु

लम्की– कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै